» » घरायसी झगडाले लियो श्रीमतीको ज्यान


 चितवन, माघ १७ गते । भरतपुरमा श्रीमान्ले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कँुवरले जानकारी दिनुभयो ।

गए राति ११ बजे भएको उक्त घटनापछि गम्भीर घाइते भएकी जमुनाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा आज बिहान ज्यान गएको हो ।

घरायसी झगडाका क्रममा श्रीमानले उनलाई दाउराले प्रहार गरी हत्या गरेको पाइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..