» » तीन दलको भण्डाफोर गर्ने भनि रामनरेशले दिए यस्तो चेतावनी

तीन दलको भण्डाफोर गर्ने भनि रामनरेशले दिएको यस्तो चेतावनी

काठमाडौ, पुस २९ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट कार्यदलमा रहेका रामनरेश राय यादवले हालसम्म कार्यदलको बैठकमा कुनै पनि विषयमा सहमति जुट नसकेको बताउँदै भोली बस्ने बैठकमा पनि तीन दलले ठोस धारणा नल्याए त्यसपछि कसको कारणले सहमति जुटन सकेन भन्ने कुरा सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘हामी तीन दलको वार्ता टोलीको फोन कतिबेला आउँछ र सिंहदरवार जाऔ भनेर पर्खेर बसेका हुन्छौ । अहिलेसम्म छलफल त भयो तर हाम्रो एघार बुँदामा उहाँहरुले ठोस धारणा ल्याउनु भएको छैन । विहीबारको बैठकमा ल्याउछु भन्नु भएको छ । त्यसमा पनि ल्याउनु भएन भने हामी कसको कारण वार्तामा सहमति हुन सकेन भन्ने कुरा सार्वजनिक गर्छौ ।’

मोर्चाको माग अनुसार संविधान संसोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारी रहने भन्दै अहिलेसम्म सीमांकनमा बढी कुरा भए पनि कुनै प्रगति नभएको बताए ।

उनले भने, ‘कति दिन भरोसामा बस्ने, कति दिन व्यर्थमा बस्ने । अब धेरै सहन सकिदैन । सरकार वार्ताप्रति जिम्मेवार छैन । समाधान गर्ने हो भने सबै कुरा छाडेर निरन्तर वार्तामा आउनु पर्यो ।’

सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान जलाई सकेको मोर्चा संविधानसभा फेरि व्यूताउनु पर्ने, संविधान फेरि लेख्नुपर्ने माग आफूहरुको होइन आफूहरुले त संविधान संसोधनको कुरा उठाईरहेकोले यो भन्दा लचकता के हुने भनि प्र्रश्न गरे । आफूहरुले नयाँ विषय नउठाई पहिला भएका सहमति र अन्तरिम संविधान अनुसार मात्रै हुनु पर्ने भनेको उनले बताए ।

वार्तामा पछिल्लो समयमा ११ बुँदेमा छलफल सुरु हुँदा सकारात्मक भएपनि अहिलेसम्म निष्कर्षमा नपुगिसकेको भन्दै समानुपातिक समावेशिता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको प्रस्तावमा आफूहरुको सहमति नरहेको स्पष्ट पारे ।

उनले आफूहरुको माग पुरा नभए आन्दोलन नरोकिने प्रष्ट पार्दै नेताहरुले बाहिर भनेको कुराको पछि धेरै लाग्न नहुने तर्क गरे । कर्णले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैले काम नलाग्ने भनि सके । झलनाथ खनालको पाँच विकास क्षेत्रलाई पाँच प्रदेशमा बाँड्ने भनेका छन् त्यसमा आफूहरुको सहमति छैन ।’

नेकपा एमालेका सचिव योगेश भट्टराईले सीमांकनमा राजनीतिक संयन्त्रले निकालेको निष्कर्षलाई संसदमार्फत पारित गराएर बैधानिकता दिन सकिने बताएका छन् ।

उनले सीमांकनमा अहिले कोही लिने र दिने नभएको भन्दै देशै भरीको सीमांकनमा नयाँ ढंगले छलफल गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

सचिव भट्टराईले मधेसी मोर्चासँग बार्ता भईरहेको र संविधान संसोधन प्रक्रिया अगाडि बढीसकेकोले अब आन्दोलन होईन सहमतिको आधारमा अघि बढ्नु पर्ने बताए ।

आन्दोलन, नाकाबन्दी र काग्रेस प्रतिपक्षमा रहेकोले सरकार सामान्य अवस्थाको जस्तो नभएकोले सामान्य ढंगले काम गर्न नसकेको भए पनि सरकारको भावना र कुनै गलत सम्झौता नगरेको उनले दावी गरे ।
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सीमांकन मोर्चाले भने जस्तो आजको आजै  अर्को आन्दोलन निम्तिन सक्ने भन्दै आयोग बनाएर सीमांकनमा समय लिइ अर्को आन्दोलन नहुने गरी समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सीमांकन मधेसले भने जस्तो मात्रै होईन अरुले भने जस्तो पनि भएको छैन । विविध विचारको बिचबाट सबैको सबैको विचार संवोधन गर्न सकिदैन । त्यसैले सबैको न्यूनतम कुरा मिलाउन सात प्रदेश बनाएका हौ ।’

महतले मधेसी दलको कतिपय मागमा सहमति नभएको तर मधेसी जनताको मागमा काँग्रेस एकाकार भएको भन्दै अब वार्तालाई विश्राम दिएर बार्ताबाट समाधान गर्न मोर्चा लाग्नु पर्ने सुझाव दिए ।
महतले दुर्गम हिमाली जिल्लालाई एक एक क्षेत्र दिएर पहाड र तराईमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्न सकिने स्पष्ट पारे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..