» » मधेशी मोर्चामा महागठबन्धन बनाउनेमा विवाद


काठमाडौ माघ १२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विभिन्न मोर्चामा रहेका दलहरुलाई मिलाएर महागठबन्धन बनाउने छलफल चलाइ रहेको बेला मोर्चाकै एक घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले त्यसको विरोध गर्नुभएको छ ।

आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणका लागि कुनै योजना नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मधेसमा नौ दलको गठबन्धन छदैछ त्यसमा अरु दललाई ल्याएर विस्तार गरे हुन्छ । महागठबन्धन निर्माणको आवश्यकता छैन ।’

सोही कार्यक्रममा उपस्थित सद्भावना पार्टीका सह महामन्त्री देबेन्द्र यादवले मधेसमा महागठबन्धनको आवश्यकता रहेको उल्लेख गर्दै महागठबन्धन निर्माण गरेर तीन दलीय निरकुंशता विरुद्ध एक जुट भएर लड्ने बताउनु भयो । उहाँले महागठबन्धन निर्माणका लागि कार्यदिशा समेत तय भईसकेको जानकारी गराउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..