» » मधेशी मोर्चाले गरे फेरि अर्को उधारो सहमति


काठमाडौ माघ २ गते । आखिर तीन दलले आफ्नो प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमति गराएर नै छाडे । यसपाली उधारो सहमति नगर्ने अडान लिएर बसेका मधेशी मोर्चाले आज कार्यदलसँगको बैठकमा राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सिमांकनको विषय टुग्याउने सहमति गरेको छ ।

हुनत यसअघिको बैठकहरुमा पनि मधेशी मोर्चाका नेताहरुले राजनीतिक संयन्त्र बनाउनेमा सहमति जनाई सकेका थिए तर प्रष्ट भएका थिएन । आज तीन दलका शीषस्थ नेताहरुले सहमतिका लागि प्रस्ताव गरेपछि मधेशी मोर्चाका नेताहरु मानेका हुन् । तीन दलका नेताहरुले राजनीति संयन्त्र र त्यसका लागि बन्ने टीओआरलाई संसदबाट पास गराउने निर्णय गरेपछि मोर्चाले संयन्त्र बनाउन तयार भएका हुन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले बैठकमा भने, हामीले उधारो सहमति गर्यौ, यसमा तपाईहरुबाट कुनै धोका हुनुहुँदैन । हामीले यसअघि भन्दै आएका थियौं कि यसपाली उधारो सहमति हुँदैन । तर संयन्त्र बनाउन तयार भयौ । अब यसलाई कसरी सञ्चालन गर्ने, संयन्त्रले के के काम गर्छन्, यसको कार्यविधि के हो, यसका विश्वासका आधारहरु के के हुन् यसको बारेमा प्रष्ट पार्नुस् अनि मात्र संयन्त्रको कार्य अगाडि बढ्छ ।’

त्यसपछि कार्यदलमा रहेका तीन दलका नेताहरुले यस विषयमा शीर्षतहका नेताहरुले छलफल गरेर यसको बारेमा स्पष्ट पार्ने बताएपछि आजको बैठक टुगियो । भोली पुनः दुई वजे बस्ने भएको छ ।

सद्भावना पनि वार्तामा 

सरकारले माफि नमागेसम्म वार्तामा नबस्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण आजको कार्यदलको बैठकमा सहभागि भएका थिए । विराटनगर नाकामा गएको बेला प्रहरीको कुटाईबाट सो पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएका थिए । घाइतेपछि पार्टीले सरकारले माफी नमागेसम्म सरकारसँग कुनै वार्तामा नबस्ने निर्णय गरेका थिए ।

बैठकमा सहभागि सहअध्यक्ष कर्णले अहिलेका मुख्य माग सिमांकन र नागरिकता रहेकाले यसमा चाँडै सहमति हुनुपर्ने धारणा राखेका थिए । उनले अन्तरिम सविधानमा उल्लेख भए अनुसारको प्रावधान नागरिकताका लागि हुनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. Dear Madheshi Frontline politicians, be careful while dealing with crocks. You have to demonstrate that you are a leader but not only politician. If you fail, Madheshi youths will reject you and your decision could be heavy on you. This will lead to demand for Swatantra Madhesh.

    ReplyDelete

..