» » कार्यदलको बैठकः टाँई टाँई फिस्स


काठमाडौ माघ १ गते । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सहमतिका लागि गठन भएको कार्यदलले आज पनि कुनै निष्कर्ष निकाल्न सकेन । गत २८ गते बसेको बैठकले अर्को बैठक फलदायी र परिमाणमुखी हुने नेताहरुले बताएका थिए ।

पुस २८ गते बसेको बैठकमा कार्यदलमा रहेका प्रमुख तीन दलका नेताहरुले आफूहरुलाई एक दिनको समय दिनुस्, आफूहरुले शीर्ष तहमा कुरा गरेर विहिवार बस्ने बैठकमा टुगों लगाउने समय माग गरेका थिए तर २९ र ३० गते उनीहरुले त्यतिकै खेर फाले ।

तराई मधेश सद्भावना पार्टीका नेता रामनरेश राय यादवले भने, तीन दलका नेताहरुल कार्यविधिको विषयमा शीर्षतहमा कुरा गराउने आउने भन्नु भएको थियो तर खाली हात लिएर आजको बैठकमा बस्नु भएको थियो केही कुरै भएन । भोली पुनः उहाँहरु शीर्ष तहमा छलफल गरेर तीन बजे बस्ने कुरा भएको छ ।’

माघ ४ गतेभित्र सबै कुरा टुगों लगाउन गरि छलफल शुरु गर्नुपर्छ भनि तीन दलका नेताहरुले कुरा राखेका छन् तर उनीहरु नै भरपर्दो छैन, एक नेताले सहाराटाइम्ससँग भने तीन दलका नेताहरुमाथिग विश्वास गर्ने आधार गुम्दै गएको छ । सातवटा बैठक बसिसक्यो तर शीरपुच्छर केही छैन ।’

बैठकमा उनीहरुको कुरा निकै सकारात्मक हुन्छ, मधेशी मोर्चाका एक नेताले भने, उनीहरुको कुरा जति सकारात्मक हुन्छ त्यो व्यवहारमा आइ दियो भने कुनै समस्या नै हुँदैन तर कार्यान्वयन एकदमै फितलो छ । कुरा गरेर के जान्छन् भोलीपल्ट गर्छन् के त्यसैले कुनै सहमति भएपछि मात्र विश्वास गर्न सकिन्छ नत्र यस्तै हुन्छ भनि भन्न गाह्रो रहेको तीन नेताले बताए ।  

प्रमुख तीन दलको शीर्षस्थ नेताहरुको विहिवार बसेको बैठकले समेत माघ ४ गतेसम्म आन्दोलनरत दलसँग सहमति गर्ने गरि वार्ता थाल्ने निर्णय गरेपछि कार्यदल सोही आधारमा छलफललाई अगाडि बढाएको हो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..