» » दुर्घटनामा एकको मृत्यू


परासी, माघ ३ गते। नवलपरासीको प्रतापपुर–५ पजरकट्टीमा आज स्कूल बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

सेमरीबाट गुठी सूर्यपुरातर्फ जाँदै गरेको लिटिल इग्लिस बोर्डिङ स्कूलको लु१ख १२३९ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको युपी ५६ जे ४०९४ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी बैदौली–८ बस्ने २० वर्षीय रोशन सिंहको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बस र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैबीच, जिल्लाकोे गुठीसूर्यपुरा–५ मा एक व्यक्तिको रहस्यमय तरिकाले मृत्यु भएको छ । गण्डक जलविद्युत् परियोजनाअन्तर्गत सूर्यपुरा नहरको जालीमा आज एक पुरुषको शव फेला परेको हो । शवको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार अन्दाजी ३०÷३२ वर्षको, पहाडी मूलको, गहँुगोरो वर्णको पुरुषको शव नहरमा फेला परेको बताएको छ । शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..