» » माघ ६ गते भित्र नाका खुल्ने : गोकुल घर्ती

दाङ, २९ पुस । नेकपा (एमाले) का सचेतक गोकुल घर्तीले माघ ६ गतेभित्र संविधान संशोधन विधयक टुङ्गिएसँगै सिमानामा भइरहेको अवरोध पूर्णरुपमा हट्ने बताउनुभएको छ । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
मधेसी मोर्चाका मुद्दामा सरकार गम्भीर रहेको भन्दै घर्तीले संविधान संशोधन विधयकमार्फत आन्दोलन पक्षलाई सहमतिमा ल्याई नाका खोलिने उहाँको भनाई छ । उहाँले भारतसँग पटकपटक भएका कुटनीतिक छलफलबाट नै सीमाको समस्या कम हुँदै गएको बताउनुभयो ।
राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएको भन्दै उहांँले अब समृद्धिको यात्रा सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ । पत्रकार सम्मेलन चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको थियो । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..