» » राजधानी घेर्ने उपेन्द्र यादवको चेतावनी


रुपन्देही पुस १९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यले आफूहरुको मागलाई बेवास्ता गरिरहने हो भने अवको आन्दोलन राजधानी केन्द्रित हुने चेतावनी दिनु भएको छ ।
आज रुपन्देहीको बुटवलमा आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै यादवले सत्तारुढ दलले आफूहरुको माग अनुसारको संविधान संशोधन नगरे राजधानी घेर्नुको विकल्प नभएको चेतावनी दनुभयो ।
उहाँले पछाडी पारिएका समूदायको प्रतिनिधित्व विना अहिलेको संविधान खसआर्य त्यसमा पनि उच्च जातिहरुको सहभागितामा बनेको दावी गर्दै फास्ट ट्रयाकका नाममा मधेसी, दलित, जनजाति र सीमान्तकृतको अधिकार कटौती गरेर संविधान जारी गरिएको बताउनु भयो ।
उहाँले माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्दै सरकारले वार्ताको नाटक र मजाक गरेर मधेसको उपहास गरेको आरोप पनि लगाउनु भयो ।
जनजातिका अगुवा नेता पद्मरत्न तुलाधरले पनि अब राजधानी केन्द्रीत आन्दोलन शुरु हुने र त्यसले मात्र अधिकार प्राप्त गरेको बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..