» » मधेशी गठबन्धनको आन्दोलनका कार्यक्रमहरु यस्तो छ


संघीय समावेशी मधेशी गठबन्धन

मिति ः २०७२÷०९÷१६

पे्रश–विज्ञप्ति


मधेशी जनता लगभग पाँच महिना देखि सशक्त आन्दोलनमा रहेपनि हठ पूर्वक संविधान जारी गर्ने दलहरु तथा सरकार यसको सम्मानजनक निकाश दिन असमर्थ रहेको छ । यीनीहरुले अहिले सम्म आन्दोलनरत पक्षहरुसँग अर्थपूर्ण वार्ता सम्म गरेको छैन । आन्दोलनरत पक्षका मागहरुका बारेमा सरकारको तथा दलहरुको स्पष्ट दृष्टिकोण पनि आउन सकेको छैन ।

संघिय समावेशी मधेशी गठबन्धन लगायतका आन्दोलनकारीहरुसँग भन्दा पनि अन्यन्त्रबाट समाधान खोज्ने र दबाब दमनबाट आन्दोलनलाई मथ्थर पार्ने योजना सरकारले बनाएको छ । यसमा स्पष्ट भए हुन्छकि, मधेश आन्दोलनको माग पूरा नभएसम्म यो आन्दोलन फिर्ता लिइने छैन ।

अहिले सरकारले संसदमा विचाराधिन संविधान संशोधन विधेयक पारित हुदाँ मधेश आन्दोलनको माग पूरा हुने भ्रमपूर्ण प्रचार गरिरहेको छ । यस प्रचारमा राज्यकोषको व्यापक दुरुपयोग गरिदैछ । जबकी यो संशोधन पारित भएर समस्याको समाधान र आन्दोलनका मागहरु पूरा हुनै सक्दैन ।

यसमा दुई मत छैन । हामी स्पष्ट छौं – संविधानको वर्तमान संशोधनले कदापी पनि मधेश समस्याको समाधान गर्न सक्दैन । यस संशोधनबाट मधेशको जनसंख्याको अनुपातमा संसदको दुबै सदनमा मधेशको प्रतिनिधित्व हुनै सक्दैन । यसरी नै संशोधनबाट सैद्धान्तिक रुपमा समानुपातिक समावेशीकरण स्विकारिएको देखिए पनि संघीयताका लागि अपरिहार्य मानिएका राज्यका निकायहरु जस्तैः न्यायलय, संवैधानिक अङ्गहरु, सुरक्षा निकायहरु, कुटनितिक निकायहरुमा कदापि पनि समानुपातिक समावेशीकरण हुनै सक्दैन ।

यसरी अहिले नै प्रधानमन्त्री र कांग्रेस–माओवादीका नेताहरुले सिमाङ्कनको सन्दर्भमा एउटा गा.वि.स.को वडा पनि हेरफेर नहुने भनिरहदा प्रस्तावित सिमाङ्कन सम्बन्धी कथित राजनितिक समितिले मधेशको माग अनुसार सिमाङ्कनमा हेरफेर गर्ने कुरामा विश्वासको कुनै झिनो आश गर्न सकिदैछ । यस यथार्थको आलोकमा यदि कसैले बुझपचाएर संविधानको यस संशोधनबाट मधेश आन्दोलनको माग पूरा हुने आशा लिएको छ भने यो मृगमरीचीका बाहेक केहि हुने छैन ।

 सरकार र संविधानका निर्माता तिन दलको यस चक्रव्यूहबाट सावधान रहन हामी संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट–थरुवान लगायतका आन्दोलनरत पक्षहरुलाई समेत आग्रह गर्न चाहन्छौं ।

यसर्थ, मधेशी जनताको आज सम्मको बलिदानलाई खेर जान नदिन आन्दोलनमा अब अन्तिम जोड्दार धक्का दिन सम्पूर्ण मधेशी जनता, तराईबासी लगायत सबैमा हार्दिक अपिल गर्दछौं । साथै, हठ र अहंकार त्यागी आन्दोलनकारी पक्षको एउटै वृहत महागठबन्धन निर्माणको आम जनचाहनालाई मुर्त रुप दिन हामी संयूक्त लोकतान्त्रिक मधेशी मोर्चामा हार्दिक आग्रह गर्न चाहन्छौं ।


यसै सन्दर्भमा संघीय समावेशी मधेशी गठबन्धनले यस अघि प्रस्तुत गरेको ९ सुत्रिय मागलाई पूरा गराउन देहायका कार्यक्रमहरुलाई सशक्तरुपमा अगाडी बढाउने निर्णय गरेको अनुरोध गर्दछौं ।

१) हाल जारी रहेको आम हडतालका कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने ।

२) यस निम्ति २०७२ पौष १९ गते मधेशका सबै शहर बजारका व्यापारी, व्यवसायी, कलकारखाना, सबै खाले यातायात व्यवसायी, शिक्षण संस्थानहरु, किसान, मजदुर, छात्रजगत, नागरिक समाज, पत्रकार, सरकारी गैर सरकारी कार्यालयहरु, बुद्धिजिवि, शिक्षक प्रध्यापक, नागरिक तथा सबै वर्ग र पेशाका व्यक्ति र समुदायमा अपिल तथा अनुरोध गर्ने ।

३) पौष २० गते मधेशका जिल्लाहरुका सदरमुकाममा अहिलेको विकशित परिस्थितिको सन्दर्भमा सबै सम्मिलित अन्र्तक्रिया गरि सशक्त आन्दोलनका कार्यक्रमहरुको तयारी गर्ने ।

४) पौष २२ गते सदरमुकाम र क्षेत्रहरुको महत्वपूर्ण बजारमा कोण सभा आयोजना गर्ने ।

५) पौष २४ गते सदरमुकाम र क्षेत्रहरुको महत्वपूर्ण बजारमा लालटिन जुलुस प्रदर्शन गर्ने ।

६) सदरमुकाम र क्षेत्रहरुमा मसाल जुलुस प्रदर्शन गर्ने ।



शरत्सिंह भण्डारी
अध्यक्ष
रामसपा

अनिल कुमार झा
अध्यक्ष
नेसपा

राजकिशोर यादव
अध्यक्ष
गणतान्त्रिक फोरम

जय प्रकाश गुप्ता
संयोजक
तमरा अभियान
 


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..