» » दुल्ही बोलाएर करागार भित्रै गरे विवाह

बझाङ, मंसिर १६ गते । जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी भर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन् । माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको हो ।

‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ,’ दुलाहाका बुबा मोहनबहादुर रावलले भने,‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्यो भनेर बोलाइयो । हाम्रो संस्कारअनुसार विवाह गरिदियौं ।’

साना दुई भाइ साथमा लिएर सदरमुकामा आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो । विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..