» » मधेशका दुई एफएम र एक पत्रिका आचारसहिंता उलघंन गरेको काउन्सिलको दावी


काठमाडौँ, पुस ६ गते । प्रेस काउन्सिल नेपालले ‘रेडियो मिथिलाञ्चल’ १०५ मेगाहर्ज, ‘रेडियो तराई’ १०७ मेगाहर्ज र ‘जनकपुर टुडे’ दैनिकका विभिन्न मितिमा प्रकाशित तथा प्रसारित समाचारले पत्रकारिता आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेको छ ।

काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको प्रतिकूल हुने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ती सञ्चारमाध्यमलाई सात दिनभित्र लिखित कारणसहित पेस हुन निर्देशन दिएको आज जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..