» » राष्ट्रपतिमाथि भएको अभद्र व्यवहारको बारेमा सरकारसँग जानकारी माग


काठमाडौँ,  पुस ८ गते । व्यवस्थापिका–संसद्ले विवाह पञ्चमीका दिन जनकपुरको राम जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेको छ ।


संसद्को आजको बैठकमा समय माग गरी सांसदले राष्ट्रपतिमाथि जनकपुरमा भएको दूव्र्यवहारले सम्पूर्ण नेपालीको अपमान भएको भनी आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त घटनाको बारेमा संसदको आगामी बैठकमा जानकारी गराउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “जनकपुरमा राष्ट्रपतिमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाउँदै सांसदले प्रश्न उठाउनु भएकाले नेपाल सरकारलाई संसदको आगामी बैठकमा जानकारी गराउन निर्देशन गर्दछु ।”

बैठकको प्रारम्भमै समय माग गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जनकपुरमा राष्ट्रपतिमाथि एक जात र समुदायले अपमानित गर्ने काम गरेको छ भनी आपत्ति प्रकट गर्नुभयो ।

संसद् भनेको जनताको आवाज पु¥याउने थलो भएपनि नाकाबन्दी र कालोबजारीबाट नेपाल र नेपाली जनता मारमा पर्दासमेत संसदमा कुरा राख्न नपाएको भनी रोष प्रकट गर्दै उहाँले भन्नुभयो, “देशमा कालोबजारी भएको छ, भ्रष्टाचार मौलाएको छ, ३०० नेताको नाममा पेट्रोल पम्प सञ्चालनमा रहेकामा त्यसमा व्यापक कालोबजारी भएकाले छानबिनको आवश्यकता देखिएको छ ।”

नेकपा ९एमाले०का सांसद सुशीला नेपालले संविधानले कसैलाई पनि जाति र लिङ्गका आधारमा विभेद गरिने छैन भनिएपनि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा महिला राष्ट्रपतिप्रति अपमान गर्ने काम गरेको भनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई अपहेलना गर्ने, दुव्र्यवहार गर्ने कार्य भएको छ, यो घटनाबाट सबै नेपाली महिला र विश्वका महिलामाथि दुव्र्यवहार भएको छ ।”

जनकपुर घटनाको बारेमा संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष आग्रह गर्दै उहाँले घटनाको भत्र्सनाका साथ दोषिलाई कारबाहीको माग गर्नुभयो ।

एकीकृत नेकपा ९माओवादी०का सांसद सीता नेपालीले जनकपुरमा राष्ट्रपतिमाथि भएको दुव्र्यवहारले समग्र राष्ट्र र महिलामाथि अपमान भएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “जनकपुर घटना खेदको विषय हो, यो विषयमा सबै दल एक हुनुपर्ने आवश्यकता छ, छानबिन समितिले छिटो छानबिन गरेर दोषिमाथि कारबाही गर्नुपर्छ ।”

राप्रपा नेपालकी कान्ता भट्टराईले जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ३३ कोटी देवता खुसी हुन्छन् भन्ने धार्मिक मान्यता रहेपनि सीताको जन्मथलोमा महिला राष्ट्रपतिमाथि दुव्र्यवहार हुनु भनेको अत्यन्त दुःखको कुरा हो भन्नुभयो । उहाँले भन्नुभयो, “जनकपुर घटना सम्पूर्ण नारी माथिको अपमान हो, दोषिलाई न्यायिक कठघरामा उभ्याएर कडा कारबाही गरिनुपर्छ ।”

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का सांसद गीता क्षेत्रीले जनकपुर घटनालाई मानवअधिकारको गम्भीर उल्लङ्घनको घटनाको सङ्ज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “यस्तो निन्दनीय घटनामा संलग्नलाई कारबाहीका साथै शिक्षा दिएर नारीको अपमान गर्नु हुँदैन भन्ने पाठ पढाउन आवश्यक छ ।”

एमालेका सांसद राज्यलक्ष्मी श्रेष्ठले महिला जस्तै दुःख पर्दापनि धैर्य गरेर अघि बढ्ने धर्तीका रुपमा रहने महिला राष्ट्रपतिमाथि अपमान भएको विषयमा संसदबाट विशेष प्रस्ताव पारित हुनुपर्छ भन्नुभयो ।

नेकपा ९माले०का सांसद कमला विश्वकर्माले राष्ट्रपति जस्तो गरिमामय पदमा रहेको व्यक्तिमाथि भएको दुव्र्यवहार हामी सम्पूर्ण नेपाली माथिको अपमान हो भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले भारतले लगाएको नाकाबन्दीलाई संसद्मा छलफलको विषय बनाउन नसकिएकोमा गुनासो गर्दै आफ्नो पार्टीले दर्ता गराएको यससम्बन्धी प्रस्तावमाथि छलफल गराउन माग गर्नुभयो । उहाँले तराईमा महिलामाथिको विभेद, दाइजो र शिक्षासम्बन्धी समस्या नहटेसम्म जनकपुर घटना दोहोरिन सक्ने भएकाले यस्ता घटना फेरिपनि हुन नदिनका लागि शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समाजवादी जनता दलका सांसद प्रेमबहादुर सिंहले महिला राष्ट्रपति बनाएर समानुपातिक र समावेशीको विषयमा नेपालले विश्वमै उदाहरणीय काम गरेकामा जनकपुर घटनाले नेपालीको शीर निहु¥याउने काम भएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “विधुर राष्ट्रपतिले विवाह पञ्चमीमा रामजानकी मन्दिर जान हुने तर एउटा विधवाले चाँहि नहुने कस्तो विडम्वना हो रु”

राष्ट्रिय जनमोर्चाका सांसद मीना पुनले जनकपुरको गतिविधिले १७औँ शताब्दीको झझल्को दिएको भन्दै मानवता विरोधी यस्तो घटनाले लोकतान्त्रिक गणतन्त्र नेपालको शीर निहुरिएको छ भन्नुभयो ।

बैठक प्रारम्भ भएदेखिनै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले रोष्टम घेराउका साथ सदन चलुन्जेल लगातार नाराबाजी गर्नुभएको थियो । संसदको अर्को बैठक आगामी आइतबार अपराह्न १ बजे बस्नेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..