» » मधेसमा आज लाठी प्रदर्शन

आन्दोलनत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईमा लाठी जुलुस प्रदर्शन गर्दैछ । आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको भन्दै त्यसको विरोधमा आज तराईका सबै जिल्लामा लाठी जुलुस प्रदर्शन गर्न लागेको हो ।  
 
मधेसी मोर्चाले प्रदेशको सिमाकंन लगायत आफूहरुले उठाएका मुद्दा सम्बोधन नगरी सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेर छलफल अगाडि बढाएको भन्दै लगातार संसदमा नाराबाजी गर्दै आएको छ ।
 मोर्चाले प्रदेश सिमाकंनको विषयलाई टुंग्याएर मात्रै संविधान संशोधनको प्रस्ताव अघि बढाउनु पर्ने अडान राख्दै आएका छन् । 
 
तर प्रमुख दलहरुले सिमाकंनलाई निश्चित समयसीमाभित्र टुंग्याउने गरी संविधान संशोधनको प्रस्तावमा समर्थन गर्न आग्रह गर्दै आएका छन्।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..