» » मधेशी मोर्चाद्धारा ७ सय लिटर पेट्रोल नष्ट


महोत्तरी, पुस ५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको सम्सीमा ७०० लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

आज दिउँसो भारतीय बजारबाट लुकीछिपी तस्करी गरी ल्याइरहेको अवस्थामा सम्सीमा मधेसी मोर्चाका कार्यकर्ताले सो परिमाणका पेट्रालियम पदार्थ नियन्त्रणमा लिएर आगो लगाई नष्ट गरेको हो ।

मोटरसाइकलमा राखी गौशालातर्फ ल्याउँदै गरिएको अवस्थामा मोर्चाका कार्यकर्ताले पेट्रोल २०० लिटर तथा डिजेल ५०० लिटर गरी ७०० लिटर नियन्त्रणमा लिई नष्ट गरेको तराई मधेस सद्भावना पार्टीका जिल्ला कोषाध्यक्ष निलम अधिकारीले जानकारी दिनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..