» » गठबन्धनका नेताले भने, मधेशी मोर्चाको दिल्ली भ्रमणले झन समस्या बढ्यो


सिरहा, पुस ६ गते । नेपाली कांग्रेस, एमाले र माओवादीले तयार गरेको रोड म्यापलाई नेपाल सरकारले अनुमोदन गरे पछि अब वार्ताबाट समस्या समाधानको संभावना क्षीण भएको छ ।
 संघीय समावेशी मधेसी गठबन्धनमा तमरा अभियान, रामसपा, नेसपा र फोरम गणतान्त्रिक सम्मिलित छ । सो सभामा बोल्दै जेपी गुप्ताले संसदमा प्रस्तावित संविधानको संशोधनबाट भावी संसदमा मधेसको नगण्य सीट बढेपनि यसबाट जनसंख्याको आधारमा मधेसीको प्रतिनिधित्वको सिद्धान्त सुनिश्चित हुन सक्दैन ।
संसदको उपल्लो सदन राष्ट्रिय सभाको बिषयमा यो संशोधन मौन छ । यसले गर्दा राष्ट्रिय सभामा मधेस सदाका लागी न्यून प्रतिनिधित्वको शिकार भै रहने छ ।
यसरी नै संसदमा अगामी तीन दशकसम्म मधेसको सीट नबढने वस्थामा यस संशोधनले कुनै परिवर्तन ल्याउन नसक्ने तथ्य गुप्ताले बताउनु भयो ।
सभामा बोल्दै गुप्ताले मधेसी मोर्चाका नेताहरू भारत भ्रमणबाट फर्केपछि समाधानको दिशामा मधेसको सवालहरू झन् फसेको र लाग्दछ, मधेसी मोर्चाका नेताहरू सरकार र तीन दललाई आफुखुशी अगाडी बढन संकेत दिएको होस् । मोर्चा बिरोध गरी रहेको छ, सरकार आफ्नै सूर तालमा बढी रहेको छ । यो स्थिति दिल्ली भ्रमण पछि देखिनु रहस्यमय भएको छ । सरकार आफु खुशी नै भएपनि मांग पुरा गरेको देखाउने अनि मोर्चा भने बिरोध जारी नै छ भने देखाउने खेलको प्रपंचमा आन्दोलन फस्न लागेको कुरा तर्फ सचेत रहनु पर्ने उनले बताए ।
मधेसी मोर्चाका एक ठूला नेताले हालै अब सरकार बदल्नु पर्ने धारणा व्यक्त गरेको सन्दर्भमा तमरा अभियानका संयोजक जेपीले आशंका व्यक्त गरे कही नेताहरू पुनः सत्ता समर्पण र मुद्दा विसर्जनको उही पुराना बाटोमा हिडन त लागेको हैन् ? यस्तो आत्मघाती बाटोमा नलाग्न उनले अनुरोध गरे ।
सभामा जय प्रकाश आनन्दले भने, मोर्चाले माओवादी वैद्यसंग मोर्चाबन्दी गरेस वैद्यले नाकाबन्दी पछि मधेसीलाई भारतीय दलाल भने ।
मोर्चाले लिम्बुवानसंग मोर्चाबन्दी गरेस अहिले लिम्बुवानबाला भन्दैछन कि
झापा(मोरंग र सुनसरी प्रदेश नं २ मा मिलाए रगतको खोलो बगाउँछु । मधेसी मोर्चाले यस्तासंग मिल्न खोजे तर संघीय समावेशी मधेसी गठबन्धनलाई अछुत ठानेको छ ।
मोर्चाले किन यसो गर्दैछ ? जेपी आनन्दले सोधे । सभामा बोल्दै जेपीले अब मोर्चाले स्पष्ट प्रतिवद्धताका साथ तथा ईमान्दारी पूर्वक मधेसीको मांग पुरा गराउनु पर्दछ, जेपी आनन्दले भनेस् सरकारले संसदमा प्रस्तुत गरेको दुई बिषयको संशोधनबाट र सरकारले भने बमोजिम सीमांकन टुंग्याएर मधेस आन्दोलनको मांग पुरा हुन सक्दैन ।
मधेसी मोर्चाले पनि अन्तको इसारामा भन्दा पनि मधेसी जनताको चाहना बमोजिम वार्तालाई अगाडी बढाउनु पर्दछ ।
सो सभामा रामसपाका अध्यक्ष तथा गठबन्धनका नेता शरदसिंह ण्डारीले मधेस आन्दोलन ३ वटा क कलम अर्थात सबै प्रशासनमा भागिदारी, क अर्थात कोष विकासमा हकदारी र क अर्थात कारतूस भनेको सेना प्रहरीमा
समावेशीकरणका लागि भैरहेको बताए ।
भण्डारीले आफु रक्षामंत्री भएको बेला नेपाली सेनामा ३ हजार मधेसी
युवालाई भर्ना गराउन चाहेको तर, मधेसी नेताहरू कै असहयोगले पुरा गराउन नसकेको बताए ।
सोही सभामा नेसपाका अध्यक्ष अनिल झाले मधेसीले लडी रहेको यो
लडाई मधेसीले राज्यमा आफ्नो अंश खोज्न र मधेसमा मधेसीको वंशको रक्षाता लागि लडीरहेको बताए ।
सोही सभामा गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलनको अवस्था, गठबन्धनको उद्देश्यको वारेमा बोल्नु भएको थियो ।
यसरी नै तमरा अभियानका नेता सुरेन्द्र प्रसाद साह लगायत गठबन्धनका नेताहरूले सभामा बोलेका थिए । सभाका नेता रामबाबु यादवको अध्यक्षतामा भएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..