» » सहमतिका लागि सहयोग छ-राजदूत राय

नेपालका लागि भारतीय राजदूत रणजीत रायले सरकार, प्रतिपक्ष र आन्दोलनकारी दलहरुबीच भइरहेको सहमति प्रयासलाई आफूहरुले सहयोग गरिरहेको बताएका छन् । सहमतिको ‘ब्रोड फ्रेमवर्क’ बनिसकेको भन्दै उनले समाधान गाह्रो नभएको समेत बताए ।
बुधबार लैनचौरस्थिच दूताबासमा रिपोटर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै भारतीय राजदूत रायले वार्ता र सम्वादबाटै समाधान खोज्नु पर्ने बताए । ‘सरकार, विपक्षी र आन्दोलनरत पक्ष सबैलाई हाम्रो आग्रह छ कि यो राजनीतिक समस्या हो र वार्ताबाटै समाधान हुन्छ र दुबै पक्षले लचकता देखाउनुपर्छ’ उनले भने-मलाई आशा छ कि चाँडै केही सहमति हुनेछ ।’
भारतीय राजदूत रायले नेपालमा भारतविरोधी भावना बढेकोमा आफूलाई धेरै पीडा भएको बताए । उनले भने-नेपालको आर्थिक विकासमा कुनै न कुनै रुपमा भारतको योगदान जरुरी छ । यदि नेपालमा भारतविरोधी भावना बढ्यो भने भारतको त हित गर्दैन नै । नेपालको पनि हित गर्दैन ।’
स्रोत: अनलाईनखबर

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..