» » नवलपुरमा भिजलान्ते प्रयोग भयो


सर्लाही मंसिर १८ गते । सर्लाहीका जिल्ला प्रशासन अधिकारी तथा जिल्ला प्रहरी अधिकारीलाई तत्काल जिल्ला खाली गर्न संघिय समाजबादी फोरमका केन्द्रिय सदस्य कृष्णदेव यादवले चेतावनी दिनुभयो । मिडिया ग्यालरीमा गरीएको पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेशमै रहेर मधेशीमाथि गोली प्रहार गर्न लगाउनु मधेश बिरोधि कार्य रहेकोले सो चेतावनी दिइएको बताउनु भयो ।
बिहिबार नवलपुरमा संघिय गठबन्धनले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रशासनले भिज्लान्ते परीचालन गरी आन्दोलन बिथोलेका तथा प्रहरी जादतीपुर्ण रुपमा साम्प्रदायिक रुपमा मधेशीमाथि टाउको र छातिमा ताकेर गोली प्रहार गर्नु कायरतापुर्ण रहेको भनि घटनाको भष्र्सना गर्नूुभयो ।
सोही सम्मेलनमा तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कौशल यादवले नवलपुर घटनाको भर्सना गर्नुभयो । उहाँले शहादत प्राप्त गरेकि राधिका देवि कथबनिया प्रति श्रद्धान्जल्ी दिदै बिहीबार घटेकोका सम्पुर्ण जिम्मेबार प्रसाशन नै रहेको टिप्पणी गर्नुभयो । बिहिबार भएको नवलपुर घटनामा एक मअिलाले शहादत प्राप्त गरेको अठाईस आन्दोलकारी गोली लागि घाइते भएको जानकारी गराउदै संधिय समाजबादी फोरमका जिल्ला अध्यक्ष अशोक यादवले घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जानकारी गराउनु भयो । अध्यक्षले प्रसाशानले भ्रमको खेति गरी आन्दोलन तुहाउनलागि परेकोले यस बिषयमा सोच्नु पर्ने बेला आएको बताउनु भयो यस्तो संक्रमणकालिन अबस्थामा प्रसाशनको कार्य निन्दनिय रहेकाले यस्तो कार्य नगर्न सुझाउनुभयो ।
सम्मेलनमा तमलोपाका यूवानेता मनिष मिश्राले सरकारले मोर्चालाई बदनाम गरान शान्तिपुर्ण आन्दोलनमा भिज्लान्ते लगाई गोली चलाउन लगाएर मधेशीलाई आंतकारी घोषणा गर्नलागि परेको आरोप लगाउनुभयो ।
सोहि सम्मेलनमा संधिय समाजबादी फोरमका केन्द्रिय सदस्य संजय यादवले साम्प्रदायिक प्रधानमन्त्री र गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रसाशनले मधेशीमाथि गोली चलाएको आरोप लागाउनुचयो । बिहिबार नवलपुरमा प्रहरीले आन्दोलनकारीको मोटरसाइकल आफनो नियन्त्रणमा लिई आगजनी गर्नु प्रसाशनको निरंकुसताको पराकाष्टा रहेको बताउनुभयो ।
त्यसै गरी मिडिया ग्यालरीमा आयाजित पत्रकार सम्मेलनमा पुर्व सभासद एवं संधिय समाजबादी फोरममा का नेता कौशल यादवले प्रहरी मानव अधिकारबादीको गाडीमा आगजनी गरेर आन्दोलनकारीलाई मानवता बिरोधि रहेको साबित गर्न षडयन्त्र रहेको टिप्पणी गर्दै मानव अधिकारकर्मिको गाडीमा गरीएको आगजनी प्रति खेद प्रकट गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..