» » तमलोपाका वार्षीक उत्सवमा मधेश आन्दोलन सफल पार्ने संकल्प


काठमाडौँ, पुस १३ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताउनुभएको छ ।

पार्टीको आठौँ स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उहाँले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताउनुभयो ।

“तराई–मधेसले राखेको बुँदागत मागको प्रत्येक बुँदामा छलफल गरौँ, जुन बुँदामा सहमति हुन्छ, त्यहीँबाट समाधान खोजौँ”–अध्यक्ष ठाकुरले भन्नुभयो ।

औपचारिक रुपमा सरकारले तीनबँुदे प्रस्ताव मन्त्रिपरिष्दबाट पारित गरेपछि कुनै संवाद नभएको भन्दै उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) सँग वार्ता जारी भए पनि निष्कर्ष निकाल्न नसकिएको बताउनुभयो ।

“अहिलेको मधेसको आन्दोलन जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहनामा छाँै”–अध्यक्ष ठाकुरले थप्नुभयो । उहाँले तराईको समस्या समाधान गर्न बल प्रयोग नभई जायज मागको सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तमलोपाले आफनो स्थापना दिवस मधेश आन्दोलन सफल पर्ने संकल्पको रुपमा मनाएको छ । गएका वर्षहरुमा वार्षीक उपलक्ष्यमा चियापान साँस्कृतिक कार्यक्रम गरेर मनाउनथे तर यसपट जारी मधेश आन्दोलनमा थुप्रैले सहादत प्राप्त गरेको कारण र जारी मधेश आनदोलनका कारण संकल्पको रुपमा मनाइएको छ ।
पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष ठाकुरले पार्टीको झण्डा फहराउनु भयो भने पार्टीकै आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..