» » बन्दमा विद्यार्थीले पढ्न नपाएपनि फि तिर्न बाध्य, मोर्चाको ध्यान यता पनि जाने हो कि ?

सप्तरी, मङ्सिर १९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तराई मधेश बन्दले तीन महिनादेखि पूरा कक्षा सञ्चालन नभएपनि अभिभावकहरु फि तिर्न बाध्य भएका छन् । मोर्चाको जारी आन्दोलनको ११४ दिन मध्ये १४ दिन मात्र विद्यालय सञ्चालनमा आएको देखिन्छ ।
चालु शैक्षिक सत्रको सुरु बैशाखमा बिनासका्री महाभूकम्प, गर्मी विदा र बन्दका गरी २३० दिनमा करिब ६० दिन मात्र पठनपाठन भएको राजविराज–६ निवासी अभिभावक डोमन साहले जानकारी बताए । अहिलेसम्म जम्मा ६० दिन कक्षा चलेको छ तर, विद्यालयले पुरै फि तिर्न पत्र पठाएको छ । एकातिर बन्दमा कमाइधमाई सम्पूर्ण चौपट छ भने अर्कोतिर स्कूलको यो थप बोझले चिन्तित बनाएको छ ।
सामुदायिक र नीजि गरी उच्च मावि ३२, मावि ६६, निमावि १३३, प्रावि ३६२, मदरसा ६० र गुम्बा १ गरी जम्मा ६५४ विद्यालय रहेकोमा सबभन्दा बढी सामुदायिक विद्यालयहरु प्रभावित रहेका छन । अधिकाँश सामुदायिक विद्यालयका प्रावि, निमावि शिक्षकहरु नपढाइ दिन बिताएर तलब खाने दाउमा रहन्छन् भने मावि स्तरका विद्यालयका प्रधानाध्यापकहरुलाई एसएससी बोर्ड परीक्षामा राम्रो परीणाम ल्याउनु पर्ने भएको कारण पठनपाठन प्रति बढी सक्रिय देखिन्छन । सामुदायिक विद्यालयको मावि तहसम्म ट्युसन फि निःशुल्क भएपनि विद्यालयको  विकास, परीक्षा, उत्तरपुस्तिका लगायत विभिन्न बहानामा विद्यालयलाई फि बुझाउनु पर्ने बाध्यता रहेको अभिभावक चितु सदाले बताए ।
जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक भोगेन्द्रप्रसाद यादवले जिल्लाका सामुदायिक विद्यालयहरुको पुरानो साख फिर्ता गराउन शिक्षक, अभिभावक, समुदाय, जिल्ला शिक्षा कार्यालय, विद्यार्थी एव सरोकारबालाहरु समेतको संयुक्त पहल आवश्यक रहेको बताए । कुनै एक पक्षको कारणले मात्र सामुदायिक विद्यालयको साख नगुमेको भन्दै उहाँले विगतको तुलनामा अहिले निकै सुधार भएको दाबी पनि गरे । जिल्लामा ८१ हजार ९९१ छात्रा र ७८ हजार ७४६ छात्र गरी एक लाख ६० हजार ७३० विद्यार्थी अध्ययनरत रहेकोमा मोर्चाको बन्दमा विद्यालय सञ्चालनमा आएपनि अझै घेरै विद्यार्थीहरु नियमिति कक्षा आइनरहेको अनुगमनको क्रममा पाइएको बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..