» » दिल्ली दौडा सकाएर मोर्चाको नेता आज फर्किदैँ


काठमाडौं, मंसिर २३ गते । विगत लामो समय देखी चलिरहेको मधेश आन्दोलनको समस्या समाधानको उपाय खोज्न भारत पुगेको मधेसी मोर्चाका शीर्ष नेताहरु आज फर्किदैछन् । 
भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन लागेका हुन् । भेटमा भारतीय पक्षले वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावमा केन्द्रित रहेर छलफल गर्न भारतीय पक्षले सुझाव दिएको छ । 
मोर्चाका नेताहरुले काठमाण्डु फर्किएपछि सरकारसँग वार्ता गर्ने बताएका छन् । आज काठमाण्डुमा फर्किएपछि सम्भव भए आजै नभए भोलि वार्ता गर्ने दिल्लीमा पत्रकारहरुसँग बताएका छन् । सरकारले सीमांकनलाई पछि मिलाउने गरि तीन बुँदे प्रस्ताव अघि सारेको छ भने मोर्चाले सीमांकन पनि अहिले नै टुङ्गो लगाउनुपर्ने अडान राखेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..