» » सिहदरवार घेर्ने उपेन्द्रको चेतावनी


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलन नाका र राजमार्गमा केन्द्रित नरहेर सिहदरवार केन्द्रित हुने बताउनु भएको छ ।
मधेसले उठाएका माग यी शासकले सजिलो तरिकाले नदिने देखिएको भन्नु हुँदै अब सिहदरवारमा धवा बोल्नुपर्ने उहाँले चेतावनी दिनुभयो ।
प्रमुख दल तथा सरकारसँग भएका बारम्बारको छलफल निश्कर्षमा पुग्न नसकेपछि वार्ताबाट माग सम्बोधन नहुने उहाँको भनाई थियो ।
मधेशी मोर्चाले हिजो जनकपुरमा गरेको लाठीजुलुसपछि स्थानिय रामानन्द चोकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले वार्ता मार्फत मधेसी जनतालाई केही दिन सरकार ईच्छुक नभएको आरोप लगाउनुभयो ।
सरकार मोर्चालाई वार्ता छाडेर जाने वातावरण निर्माण गर्न लागेको आरोप लगाउँदै उहाँले भन्नुभयो–अबको संघर्ष नाका र राजमार्गमामात्र केन्द्रित रहदैन । आन्दोलनकारीहरु सिंहदरवार सम्म घेराउ गर्न तयार हुनु पर्दछ ।’
केपी ओली नेतृत्वको वर्तमान सरकारलाई ’माले, मसाले र मण्डले सरकार’को संज्ञा दिदै उहाँले तीन चार दिन भित्रै मधेसको माग सम्वोधन हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ’सरकार जति दमन र षडयन्त्र गरे पनि, आन्दोलनको राप ताप तीन चार दिन भन्दा बढि थाम्न सक्दैन ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..