» » फोरम नेपालका अर्का नेता पनि पक्राउ


काठमाडौ मंसिर २४ गते । आन्दोलनमा गएको रिसमा राजनीतिक रिसिबी साध्न प्रहरीले आन्दोलनकारी माथि सार्वजनिक अपराधको मुद्दा लगाएर पक्राउ गर्ने घटना तराईमा बढ्दै गइरहेकाछन् ।

यसैबीच, संघीय समाजवादी फोरम नेपालका एक जना कार्यकर्तालाई पक्राउ गरी प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ । सुनसरी दुवही ६, का २१ वर्षीय राजन रौनियारलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा लगाएर ३ दिनको म्याद थपसहित जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको
छ ।

आन्दोलनमा गएको निँहुमा बिना उजूरी प्रहरीले पक्राउ गरेको बताइएको छ ।

बुधवार राती दुवही चोकमा चिया खाइरहेको बेला प्रहरीले जबरजस्ती भ्यानमा हालेर लगेको फोरम नेपाल सुरसरीका जिल्ला नेता विजय साहले बताए ।

 बिना कुनै अपराध प्रहरीले अचानक पक्राउ गरेर लगेको उनले बताए । उनले भने, ‘आन्दोलनकारीको मनोबल घटाउन आन्दोलनमा सक्रिय रौनियारलाई झूठा मुद्दा लगाएर फसाउन खोजिएको छ ।’


प्रहरीले पक्राउ गरेको रौनियारमाथिको झूठा मुद्दा खारेज गरी तत्काल रिहा गर्न संघीय समाजवादी फोरम नेपालले माग गरेको छ ।

पाँचै जना लगाइएको झूठा मुद्दा खारेज गरी तुरुन्त रिहा गर्न संघीय समाजवादी फोरम नेपालले जोडदार माग गरेको छ । वार्ता प्रक्रिया चलिरहेकै बेला राजनीतिक प्रतिशोधका आधारमा कार्यकर्तामाथि झूठा मुद्दा लगाई पक्राय गर्ने प्रहरीको यसप्रकारको कार्यप्रति कडा आपत्ति प्रकट गर्दै यस्ता गैरजिम्मेवार कार्य तुरुन्त बन्द गर्न फोरम नेपालले माग गरेको छ ।

 हिजो बाँकेको मनिकापुरबाट फोरम नेपालका पाँच जना कार्यकर्ता पक्राउ गरी प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..