» » राष्ट्रपतिमाथि जनकपुरमा लगाइएको लञ्छना बारे बोले सरकारले

काठमाडौँ, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरस्थित जानकी मन्दिरमा गरिएको दुव्र्यवहारको प्रयास र त्यसपछि उहाँमाथि मेधसी मोर्चाका कार्यकर्ताबाट सार्वजनिक रुपमा लगाइएका लाञ्छनाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योग एवम् कार्यबाहक सूचना, सञ्चार तथा प्रविधि मन्त्री सोमप्रसाद पाण्डेद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीमाथि गरिएको दुव्र्यवहारप्रति सरकारद्वारा दुःख व्यक्त गर्दै, दुव्र्यवहार गर्ने र असभ्य लाञ्छना लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने जनाइएको छ ।

“अहिलेको २१औँ शताब्दीमा महिला, त्यसमाथि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएको सम्मानीय राष्ट्रपतिमाथि लगाइएको लाञ्छना असभ्यताको पराकाष्ठा, दास युगको र सामन्ती चिन्तनको उपजबाहेक केही हुन सक्दैन्”– विज्ञप्तिमा उल्लेख छ ।

सरकारले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत आरक्षणको व्यवस्थाका लागि संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गरी संवैधानिक रुपमै कानुनी व्यवस्था गराउन र व्यवहारमा कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका राष्ट्रपति भण्डारीमाथि त्यसप्रकारको लाञ्छना लगाउनु खेदजनक र भत्र्सनायोग्य रहेको जनाएको छ ।

विवाह पञ्चमीमा राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी हुने चलिआएको राष्ट्रिय परम्परालाई निरन्तरता दिने क्रममा राष्ट्रपति त्यहाँ सहभागी हुनुभएको विज्ञप्तिमा जनाइएको छ । “त्यस क्रममा उहाँमाथि गरिएको दुव्र्यवहारले हामीले हाम्रा भावी पिँढीलाई कस्तो संस्कार, आचरण र संस्कृति सिकाइरहेका छौँ भन्ने स्पष्ट हुन्छ, यस्ता प्रवृत्तिले तराई मधेसको संस्कृति, परम्परा, रीतिरिवाजलाई समेत आक्रमण गरेको छ”– विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिमाथि गरिएको दुव्र्यहार एउटी महिलामाथिको मात्र नभएर सिङ्गो महिला जगतमाथिको दुव्र्यवहार हुनुका साथै यस्ता व्यवहार सरकारलाई सह्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..