» » पेट्रोलपम्पको मिटर विगारेर १५ करोड ठगी गरे

काठमाडौं, मंसिर २३ गते । राजधानीका १३ पेट्रोलपम्पले मिटर बिगारेर करिब १५ करोड ठगी गरेका छन् ।
रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् । महानगरीय अपराध महाशाखाले नेपाल आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा ती पम्पले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको हो । करिब एक वर्ष अवधिमा पेट्रोलपम्पहरूले कम परिणाम इन्धन बेचेर करिब एक करोड रुपैयाँभन्दा बढी कमाएका हुन् ।
प्रहरीले चार्टर्ड एकाउन्टेन्टमार्फत आयल निगमको विवरण र पम्पहरूले गरेको ठगीको परिणामको हिसाब निकालेको थियो । सोही आधारमा बिगो दाबी गरी उनीहरूविरुद्ध ठगी मुद्दा चलाइने महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..