» » भुकम्प पिडितको लागि फेरी ६ अर्व रुपैयाँ निकासा

काठमाडौँ, मंसिर १६ गते । भूकम्पबाट ध्वस्त भौतिक संरचना पुननिर्माण सुरु गर्न नसकेको भन्दै आलोचित सरकारले पीडितलाई राहत दिन फेरि ६ अर्ब रुपैयाँ निकासा गरेको छ ।

भूकम्पपीडित लाखौं सर्वसाधारणले सरकारको यथेष्ट सहयोग नपाएरै बर्खेझरी धकेल्न बाध्य भएको र हिउँको चिसो पनि त्यसै काट्नु पर्ने अवस्था आएको आलोचना तीव्र भएपछि सरकारले गत साता प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको थियो ।

सरकारको यही निर्णयपछि अर्थ मन्त्रालयले ६ अर्ब २ करोड ५६ लाख रुपैयाँ प्रधानमन्त्री कार्यालयलाई निकासा दिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..