» » मोर्चाद्धारा तीन दलको प्रस्ताव अस्वीकार, वार्ता अनिश्चित


काठमाडौ मंसिर १९ गते । सत्ताधारी दल एमाले र एमाओवादी र प्रतिपक्ष दल काँग्रेससँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज राती भएको वार्ता विना निष्कर्ष टुगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) ले मधेशी मोर्चासँग वार्ताका लागि शुक्रवार तयार पारेको साझा प्रस्ताव बारे छलफल भएको नेताहरुले जनाएको छ ।
तीन दलले तयार पारेको प्रस्तावमाथि मधेशी मोर्चा नेताहरुले असहमति जनाउँदै आफूहरुले पेस गरेको ११ बुँदे मागमध्ये धेरै कुरा प्रस्तावमा नआएको धारणा राखेको एमालेका नेता अग्नी खरेलले बताए । सत्ताधारी दलका नेताहरुले अहिले समेटिनु पर्ने कुरा समेटिएको र बाँकी पछि समेटिने धारणा राखेपछि त्यसमा मधेशी मोर्चाका नेताहरुले असहमति जनाएको उनले बताए ।
मधेशी मोर्चाका नेता एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तीन दलले ल्याएको तीन बुँदै साझा प्रस्ताव आफूहरुलाई स्वीकार नभएको बताए । मधेशी मोर्चाले पेस गरेको ११ बुँदे मागमा एक एक गरी छलफल हुनुपर्छ भनेको बताउँदै उनले ११ बुँदे मागप्रति कुनै चर्चा नै नगरी गोलमटोल गरी तीनवटा विषयमा मात्र छलफल गरेर समस्या समाधान नहुने बताउ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..