» » मधेसी मोर्चाको ११ बुँदेमा प्रधानमन्त्री वार्ता गर्न तयार


काठमाडौ मंसिर २४ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुनर्निर्माण प्राधिकरण गठन सम्वन्धि विधेयक पारित गर्नेमा सहमति गरेर अब अन्य एजेण्डामा सहमति ढोका खोलेको छ ।
आज प्रधानमन्त्री कार्यालयमा भएको मधेशी मोर्चा र सरकारबीचको बारेमा मोर्चाले प्राधिकरण गठन सम्बन्धि विधेयक पारित गर्न दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्याकेजमै सहमति गर्ने तयार भएको छ ।
तीन दलले तयार पारेको प्रस्तावमै छलफल गर्नुपर्छ अडान लिएर बसेका प्रधानमन्त्री ओली मार्चोले पेस गरेको ११ बुँदे मागप्रति सकारात्मक बन्दै त्यसमा छलफल गर्न तयार भएको छ । भोली सत्ताधारी तथा प्रतिपक्षि दलले मोर्चाको ११ बुँदे माग बारे छलफल गर्ने त्यसपछि मोर्चासँग वार्ता गर्ने भएको छ ।

मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्ली भ्रमणबाट फर्किएपछि आज संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बैठक बसेको थियो । बैठकले पुनर्निर्माण प्राधिकरण गठन सम्वन्धि विधेयक पास गर्न सहयोग गर्ने निर्णय थियो ।
मधेसी मोर्चाका नेताहरुले सभामुख ओनसरी घर्ती मगरलाई भेटेर प्राधिकरण गठन सम्वन्धि विधेयक पारित गर्नदिने बताएका छन् । संसदको विधायन समितिले बुधबार मात्र कांग्रेसको फरक मतसहित विधेयक पास गरेको छ ।
प्रमुख तीन दलले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेका छन् । तर, मधेसी मोर्चाले भने उसलाई अपर्याप्त भनेको छ र आफूसँग सहमति गरेर नयाँ विधेयक लैजानु पर्ने बताएको छ ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले प्राधिकरण निर्माण सम्बन्धि पास हुन दिने अरु कुनै पनि विधेयक पास हुन नदिने मोर्चाले निर्णय गरेको बताउँदै आज सरकारसँग भएको वार्तामा पनि प्रधानमन्त्री ओलीलाई यही कुरा जानकारी गराएको बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..