» » अभिषेक प्रताप भारतीय नेताहरुलाई भेटदै

काठमाण्डौ  १९ मंसिर  ।  संघीय समाजवादी फोरम नेपालका उपमहासचिव युवा नेता सभासद अभिषेक प्रताप शाहले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंह संग विहिवार भेटवार्ता गरेका छन् ।
राईजिगन्यूजका अनुसार भेटमा सभासद शाहले मधेसको समस्या समाधान गर्न प्रमुख पार्टीका नेताहरु जिम्मेवार भएको भन्दै यसले गतिरोध झन् बढेको बताएका थिए । उनले मधेशको आन्दोलनलाई प्रमुख पार्टीका नेताहरुले नाकावन्दी र भारतसंग जोडेर विषयान्तर गर्न खोजेको पनि जानकारी गराएका थिए ।
सभासद शाहकाअनुसार संविधान जारी भएपछि नेपालमा उत्पन्न भएको समस्या प्रति भारत चिन्तित भएको र यसको समाधानका लागी भारतले पनि सकरात्मक भुमिका खेल्ने स्वराजले बताएकी थिईन ।  भारतीय विदेश मन्त्रालयमा भएको भेटमा विदेशमन्त्री स्वराजले नेपालको मधेशमा भइरहेको आन्दोलन राजनीति समस्या भएको भन्दै यसको समाधान पनि राजनितिक तरिकाले छिटो भन्दा छिटो हल होस भन्ने भारतको चाहना रहेको र हाम्रो तर्फबाट अर्को साता पार्टी सहभागी टिम नेपाल पठाउदैछ । त्यहाका नेताहरुसंगको छलफलपछि हामीले पनि नेपालबारे आधिकारीक निर्णय लिन्छौ ।  ” स्वराजको भनाई उद्दृत गर्दै शाहले बताए। गृहमन्त्री राजनाथ सिंहले पनि मधेसमा भइरहेको आन्दोलन मात्र नभई समग्र दक्षिण एसियाको सुरक्षा चिन्तालाई लिएर भारत गम्भिर भएको बताएका थिए ।  शाह कपिलवस्तु क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन । उनी पहिलो र दोस्रो संविधान सभाका कान्छो सभासद थिए । मधेशलाई अधिकार सम्पन्न बनाउन, राष्ट्रिय एकतालाई बलियो पार्नका निम्ति र नेपाल भारत समबन्धको बिषयमा गम्भीर चिन्तन गर्ने सभासद हुन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..