» » मधेशी मोर्चालाई फकाउनमा काँग्रेस असफल वार्ता भोली पनि हुने


काठमाडौं पुस ६ गते । मधेशी मोर्चा र राजदूत रायबीचको छलफल तथा भारतीय विदेश मन्त्रालयको विज्ञप्तिपछि मधेशी मोर्चा र काँग्रेसबीचमा साँझ वार्ता भएको छ ।

वार्तामा काँग्रेसका सभापति सुशिल कोइरालाले पुरानै कुरा दोहोर्याउँदै आफ्नो पार्टीले ल्याएको संशोधन विधेयक पास गर्नमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो संशोधन विधेयक पास भए, सिमांकनलगायतको विषयमा छलफल गरेर टुग्यांउदै जाने र त्यसमा काँग्रेसले सहयोग गर्ने भनि मधेशी मोर्चालाई फकाउने प्रयास गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार काँग्रेसले पनि मधेशी मोर्चाका नेताहरुलाई फकाउने प्रयास मात्र गरेको देखिएको छ ।

समस्या समाधानप्रति काँग्रेसपनि सकारात्मक र गम्भीर नदेखिएको अध्यक्ष यादवले आरोप लगाउउँदै भन्नुभयो, हामीले राखेको ११ बुँदे मागमा छलफल हुनुपर्छ र त्यसमै सहमति प्याकेजमा सहमति हुनुपर्छ ।’

११ बुँदे माग प्रति काँग्रेस सकारात्मक छ, त्यसमा छलफल गर्न तयार छ तर त्यसअघि आफूहरुले ल्याएको विधेयक पास गराउनमा सहयोग गर्न आग्रह गरिएको सो पार्टीका महामन्त्री कृष्ण सिटौलाले बताउनुभयो ।

वार्तामा उपेन्द यादव, महेन्द्र राय यादव, महन्थ ठाकुर, लक्ष्मण लाल कर्ण, सर्वेन्द्र नाथ शुक्ला, राजेन्द्र श्रेष्ठको उपस्थिति थियो भने काँग्रेसको तर्फबाट सुशिल कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिह, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेतारुको उपस्थिति थियो ।

भोली पुनः नौ बजे बैठक बस्नेछ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..