» » मधेशी मोर्चाले मधेशमा भ्रम छरेको गच्छदारको आरोप

विराटनगर, पुस १६ गते । उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संविधानमा सबैको अधिकार समेटेको भन्दै मधेशी मोर्चाका नेताहरुले मधेशमा भ्रम छरेको आरोप लगाउनुभयो ।

सविधान कहिले पूर्ण हुँदैन समय सापेक्ष परिवर्तन भइरहने कुरा हो, नमिलेका कुरा मिलाउन सकिन्छ तर मधेशी मोर्चाका नेताहरुले सविधानले केही पनि नदिएको, सविधानमा मधेशको कुनै पनि अधिकार नरहेको जस्ता भ्रम छरेको आरोप लगाउनुभयो ।

यहाँ आज पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफ्नै संविधान आफैँले बनाउने ६५ वर्षदेखिकोे जनताको सपना साकार भएको बताउँदै तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा भएको र सबैभन्दा बढी मधेसकै जनजीवन तहसनहस भएको छ भन्नुभयो ।

उहाँले आफ्नो दलले भर्खरै महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिँदै उहाँले पार्टीको सङ्गठनलाई बलियो र विस्तार गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

दलका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिव चन्देश्वर खत्रीले पार्टीको सङ्गठनलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..