» » फोरम नेपालका पाँच जनालाई सार्वजनिक मुद्दा


काठमाडौं मंसिर २३ गते । संघीय समाजवादी फोरम नेपालका पाँच जना आन्दोलनकारीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ ।

बाँकेको मनिकापुर २, बस्ने राकेश लोनिया, सुवास लोनिया, लायकराम  लोनिया, जगतराम लोनिया र बाबादिन लोनियालाई सार्वजनिक मुद्दा लगाएर जिल्ला प्रहरी कार्यालय बाँकेले हिरासतमा राखेको छ । हिरासतमा राखिएका मध्ये बाबादिन लोनियालाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा लगाएको छ ।

आन्दोलनमा सक्रिय ती पाँचै जनालाई झुठा मुद्दा लगाएर प्रहरीले फसाउन खोजेको फोरम नेपालको दाबी छ ।
नेपालगञ्जको जमुनहा भन्सार नाकामा व्यापक सहभागिताका लागि स्थानीय स्तरमा प्रचारप्रसार गरिरहेको बेला आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले झूठा मुद्दा लगाएर पक्राउ गरेको संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राईले दाबी गरे ।

 ‘आन्दोलनमा जनसहभागिताका लागि पाँचै जना गाउँमा प्रचार गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ ग¥यो’– फोरम नेपालका बाँके अध्यक्ष राईले भने । नेता तथा कार्यकर्तालाई प्रहरीले झूठा मुद्दा लगाएर आन्दोलन कमजोर बनाउन खोजेको अध्यक्ष राईले आरोप लगाएका छन् । उनले भने, ‘कांग्रेस र एमाले नेताहरुको निर्देशनमा हाम्रो कार्यकर्ताहरुलाई प्रहरीले झूठा मुद्दा लगाएर फसाएको छ ।’

पक्राउ गरिएका पाँचै जना गत महिना मात्रै नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका थिए । प्रहरीले पक्राउ गरेको पाँचै जना लगाइएको झूठा मुद्दा खारेज गरी तुरुन्त रिहा गर्न संघीय समाजवादी फोरम नेपालले जोडदार माग गरेको छ ।

सरकारसँग वार्ता प्रक्रिया चलिरहेकै बेला यसरी राजनीतिक प्रतिशोधका आधारमा आफ्ना कार्यकर्ता पक्राउ गरी झूठा मुद्दा लगाएकोप्रति फोरम नेपालले कडा आपत्ति जनाउँदै मुद्दा खारेज गरी उनीहरुलाई तत्काल रिहा गर्न माग गरेको हो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..