» » आन्दोलनकारीसँग छलफल नै नगरिकन आउने विधेयक अस्वीकार हुने–गठबन्धन


सप्तरी पुस ८ गते । संघीय समावेशी मधेसी गठबन्धनले आन्दोलनरत पक्षसँग छलफल नै नगरिकन ल्याउन लागेको विधेयक स्वीकार गर्न नसकिने जनाएको छ ।
आन्दोलनरत सबै पक्षसँग छलफल गरी आउने परिमार्जित संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता हुनुपर्ने आज राजविराजमा पत्रकार सम्मेलन गरी गठबन्धनका नेताहरुले जनाएका हुन् ।

‘राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले पहिला नै अस्वीकार भइसकेको कुरालाई सरकारले पटक पटक ल्याएर आन्दोलनलाई दिगभ्रमीत गरेको आरोप लगाउँदै अस्वीकारको कुरालाई समाधानै नखोज्ने विधेयक फेरि संसदमा पठाउने काम भएकाले सरकारले समस्याको समाधान होइन झन बल्झाउन खोजेको पुष्टि भएको बताउनु भयो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आन्दोलनरत मधेसी समुदायको प्रमुख माग नै सिमाङ्कन हेरफेर हो तर सरकारले त्यसलाई नै प्राथमिकतामा नराखि वार्ताको प्रकृया अगाडि बढाएको छ यसले समस्या समाधान हुँदैन झन बढ्ने बताउनु भयो ।
उहाँले ‘सिमाङ्कनको आफूहरुको बटम लाईन हो र त्यसका लागि स्वायत्त मधेस प्रदेश हुनुपर्ने उल्लेख गर्दै एउटा प्रदेश नभए दुईवटा प्रदेश मधेसमा सहमति गर्न सकिने बताउनु भयो ।
 मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अहिलेको आन्दोलन निर्णायक भएकाले यो या त्यो बहानमा कुनै पनि हालतमा उधारो सहमति नहुनुपर्ने बताउनुभयो । यसपटक कतैबाट धोका भयो भने फेरि पनि मधेश शताब्दीयौंसम्म यस्तै रहनेछ त्यसले यो निर्णायक आन्दोनललाई निर्णयक ठाउँमा पुर्याउन सबैमा आग्रह गर्नुभयो ।
पूर्व सञ्चारमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले यो आन्दोलनमा मधेशी पत्रकार र त्यसका सञ्चारमाध्यममाथि सरकारले अनावश्यक अकुश लगाउन लागेका बताउनु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..