» » दिल्ली अपडेटः भारतीय नेता शरद यादवले मधेशी नेतालाई भने, आन्दोलन अझ सशक्त बनाउनुस्


काठमाडौ मंसिर २० गते । मधेश आन्दोलनको बारेमा भारतीय नेताहरुलाई जानकारी गराउन आज दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले त्यहाँका नेताहरुलाई भेटघाट गर्ने क्रम शुरु गरेको छ । दिल्ली पुगेपछि मध्यान्ह १२ बजे जनता दल (यू) का अध्यक्ष शरद यादवले भेटेका छन् भने त्यसपछि करण सिहलाई भेटेका छन् ।
भेटमा मधेशी नेताहरुले मधेशमा जारी नाकाबन्दी भारतले होइन आफूहरुले गरेको बताउँदै नेपालका वर्तमान सरकारले भारतले नाकाबन्दी गरेको भ्रम फैलाई रहेको धारणा राखेका थिए । नेपाली शासकबाट मधेशीमाथि कसरी विभेद भइरहेको र कुन छलकपटले सविधान घोषणा गरेको लगायतका विषयहरु पनि त्यहाँ राखेको छ ।
मधेशी मोर्चाको नेताको कुरा सुनेपछि जनता दल (युनाइटेड) अध्यक्ष शरद यादवले सरकारले मधेशीसँग यो किसिमले विभेद गरेको छ भने अझै सशक्त आन्दोलन गर्न सुझाव दिएको छ ।
नाकाबन्दीबारे काँग्रेस (आई) का नेता करण सिंहसँग कुरा गरेका थिए । मोर्चाका नेताहरूले नाकाबन्दी भारतले होइन, आफूहरूले गरेको करण सिहलाई जानकारी गराएका थिए । जुन नाका सहज छ त्यहांबाट कुनै अवरोध नरहेको उनीहरुले प्रष्ट पारेका थिए । करण सिंहले नेपालको नयां संविधानमा कुन कुन विषयमा संशोधन चाहेको भन्ने जिज्ञासा राखेका थिए ।
अब केही बेरमा डिपी त्रिपाठीलाई भेटेपछि भारतीय सरकारले दिएको रात्रीभोजमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतका नेताहरुसँग भेटघाट हुने बताइएको छ ।





About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..