» » सिरहामा एमाओवादी र राप्रपालाई ठूलो धक्का


एकीकृत नेकपा माओवादी र लोकेन्द्र बहादुर चन्द नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षसम्म झन्डै एक हजार बढी नेता कार्यकर्ता संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् ।
सिरहाको क्षेत्र नं. ६, लक्ष्मीपुरमा आयोजित एक विशाल आमसभामा एकीकृत माओवादीका विरबहादुर यादवको नेतृत्वमा तीन सय जना नेता तथा कार्यकता र राप्रपाका केन्द्रीय नेता असेश्वर यादव, जिल्ला अध्यक्ष सुरेन्द्र यादव लगायत फोरम नेपालमा प्रवेश गरेका हुन् । 

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीका नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई अबीर मालासहित स्वागत तथा बधाई दिएका छन् । 

फोरम नेपालमा केन्द्रीय कोषाध्यक्ष विजय यादवको पहलमा यसरी आन्दोलनका बीच विभिन्न पार्टीका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको समाजवादी युवा फोरमका केन्द्रीय सदस्य अजयकुमार यादवले जनाएका छन् ।  

पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका वरिष्ठ नेता अशोक राई लगायत नेताहरुको उपस्थिति रहेको छ । सिरहामा पार्टी प्रवेश कार्यक्रम अहिले जारी छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..