» » वार्तालाई गम्भीतापूर्वक नलिए मधेश र काठमाडौँको सम्बन्ध टुट्न सक्छ ः ठाकुर


जनकपुरधाम, मंसिर १७ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख तीन दलले वार्तालाई गम्भीरतापूर्वक नलिए काठमाडोंसँग मधेसको सम्बन्ध टुट्न सक्ने बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाद्वारा बुधबार पूर्व–पश्चिम राजमार्गको ढल्केबरमा आयोजित संघीय गठबन्धन विरोध सभालाई सम्बोधन गर्दै उनले ३ दलले वार्ताको नाममा खेलबाड गरेको आरोप पनि लगाए ।

‘१ सय ९ दिनको आन्दोलनपछि मात्र उनीहरुले मधेस मुलुकको लाइफलाइन हो भन्ने थाहा पाएका छन् । वार्तालाई गम्भीरतापूर्वक लिइएन भने मुलुकको लाइफलाइन टुट्न सक्छ । दुर्घटना योजना बनाएर हुँदैन, जतिबेला पनि हुन सक्छ’ उनले भने ।

वर्तमान सरकारलाई खिचडी सरकारको संज्ञा दिँदै ठाकुरले मोर्चाका मागबारे पटकपटक लिखित तथा मौखिक जानकारी गराइए पनि सरकार बेखबर बनेको आरोप लगाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..