» » बेचविखनका लागि लग्दै गरेको बालबालिका उद्धार


मोरङ, पुस ४ गते । मोरङको टङ्कीसिनुवारी गाविस–१ शान्तिचोकबाट विभिन्न प्रलोभन देखाएर भारततर्फ बेचबिखन गर्न लग्दै गरेको अवस्थामा शुक्रबार बेलुका प्रहरीले चार बालकको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सुनसरी जिल्लाको बराह क्षेत्र गाविसबाट एक अपरिचित व्यक्तिले अण्डा उठाउने काम लगाई दिने भन्दै बसमा चढाएर भारत जाँदै गरेको सुनसरीको महेन्द्रनगर–६ का ११ वर्षीय किरन माझी, सोही ठाउँका १० वर्षीय राहुल माझी, उदयपुर ठोक्सीला गाविस–१ का १२ वर्षीय विक्रम माझी र सोही ठाउँका १० वर्षीय झनक माझी रहेका छन् ।

प्रहरीले उद्धार गरेका चार बालकलाई विराटनगरस्थित बाल हेल्पलाइनमा राखिएको र उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..