» » चैत्रमा महाधिवेशन गर्ने भनि फोरम लोकतान्त्रिकको यस्तो आयो निर्णय

                           
                                                        

                                                                    २०७२÷०८÷१८             
                                                       
                                                        प्रेस विज्ञप्ति
     
          देशको अत्यन्त तरल, चुनौतीपूर्ण तथा संवेदनशिल राजनीतिक परिस्थिति बीच मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) को राजनीतिक समितिको ४२औं बैठक पार्टी अध्यक्ष श्री बिजय कुमार गच्छदारज्यूको अध्यक्षतामा मिति २०७२ मङ्सिर १३–१८ सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसी सम्पन्न भएको छ । उक्त बैठकले संविधानसभाबाट जारी भएको नयाँ संविधान पश्चात देशमा विकसित नयाँ राजनीतिक परिस्थिति, तराई मधेश, थरुहटमा चलिरहेको जन आन्दोलन , पार्टीको सरकारमा सहभागिता, नेपाल–भारत सम्बन्धको वत्र्तमान अवस्था, पार्टीको वत्र्तमान संगठनात्मक अवस्था, पार्टीको अगामी महाधिवेशन लगायतका सम–समायिक विषयहरुमा व्यापक तथा गहन छलफल गरि केही महत्वपूर्ण निर्णयहरु गर्दै  सम्पन्न भएको छ । लगातार छैठौं दिन सम्म चलेको उक्त बैठकले गरेका निम्न महत्वपूर्ण तथा ऐतिहासिक निर्णयहरुलाई आम जानकारीको लागि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

 निर्णय नं. १ः देशको बत्र्तमान राजनीतिक अवस्था बारेः–
     संविधानसभाबाट नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुनु नेपालको लोकतान्त्रिक संवैधानिक विकासको इतिहासमा एउटा कोसे ढुङ्गा रहेको  र यो लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक उपलब्धि  हो । तर यो संविधानले संघीयताको मुल मर्म पहिचान र सामथ्र्यलाई कुन्ठित र संकुचित गरी पुरानो परम्परागत शासनसत्तालाई निरन्तरता दिने गरि “जेरी मैन्डरीङ्ग” तरिकाबाट जुन ढंगले सात प्रदेशको सिमाना निर्धारण गरेको छ त्यसलाई सदियौं देखि विभेद र उत्पीडनमा परेको मधेशी, थारु आदिवासी जनजातिहरु लगायतका समुदाय र क्षेत्रहरुलाई पूर्णरुपले स्वीकार र अपनत्व ग्रहण गर्न सक्ने स्थिति रहेन । यो संविधानले राज्यको विभिन्न अंग र संवैधानिक निकायहरुमा समानुपातिक समावेशी प्रतिनिधित्वको विषय, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनु पर्ने विषय, र संघीयताको मर्म अनुकुलको  न्याय प्रणाली लगायतका विषयलाई उपयूक्त र लोकतान्त्रिक ढंगले सम्बोधन गर्न सकेन । यसैको परिणामस्वरुप आज सम्पूर्ण तराई–मधेश र थरुहट क्षेत्र आन्दोलनमय बनेको छ । यसै व्रmममा पार्टी निर्णय बमोजिम तराई÷मधेश, थरुहट आन्दोलनको व्रmममा हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुले सव्रिmय भुमिका निर्वाह गदै आएको बिदितै छ । यसै व्रmममा सहिद राजकिशोर ठाकुर, संजिब राउत लगायतका बरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा बिव्रmम राय यादव, बाराका अमिरी पाल समेत गरि हाम्रो पार्टीका दर्जनौ नेता तथा कार्यकर्ताहरु घाईते, अंगभंग, भएको पार्टीको निर्वाचित माननिय सांसद जनकराज चौधरी लगायतका नेता तथा कार्यकर्ताहरुको घरबार जलाईएको, लुटपाट गरिएको, पार्टीको राजनीतिक समिति सदस्य लक्ष्मण थारु लगायत अनेकौ नेता तथा कार्यकर्ताहरुलाई झुठ्ठा मुद्दामा फसाई हिरासत भित्र रहेको छ ।

           
यसरी तराई÷मधेश, थरुहट आन्दोलनका व्रmममा हजारौ मधेशीहरुलाई झुठ्ठा मुद्दा, घाईते तथा अंगभंग र पचास भन्दा बढीलाई ज्यान मार्ने काम गरिएको छ । अझै पनि तराई÷मधेश र थरुहट आन्दोलनका जायज मांगहरुलाई सम्बोधन गर्नु सट्टा ठूला पार्टीहरु र राज्यले दमन र आतंकको सहारा लिएको अवस्था छ । 
      अतः यस्तो गम्भिर, पीड़ाÞदायक र  संवेदनशिल अवस्थाबाट देशलाई अविलम्ब मुक्त गरिनु आवश्यक छ । यसको लागि सत्ता पक्ष, विपक्ष र सम्पूर्ण आन्दोलनकारीहरु अविलम्ब वार्ताको टेबुलमा बसी सार्थक  निस्कर्ष निकाली एउटा ठोस राजनीतिक सहमतिमा पुगी सो बमोजिम वत्र्तमान संविधानमा आवश्यक  र उपयुक्त
संशोधन गरि देशलाई अकल्पनिय राजनीतिक दुर्घटना बाट बचाउनु पर्दछ र देशलाई शान्ति र स्थिरताको दिशामा अघि बढाउनु पर्दछ  ।
निर्णय नं. २ः आठ बँुदे सहमति र सरकारमा सहभागिता वारे ः–
       हाम्रो पार्टी फोरम लोकतान्त्रिकले, नेकपा एमाले र एनेकपा माओवादी संग आठ वुँदे सहमति गरेर वत्र्तमान सरकारमा सहभागि भएको छ । डेढ़ महिना भन्दा  बढी समय वितिसकेको अवस्थामा समेत अहिले सम्म त्यो सम्झौता बमोजिमको मुख्य विषयहरु ठोस ढंगले सम्बोधन हुन नसक्नु पार्टीको लागि दुःखद र चिन्ताको विषय बनेको छ । तसर्थ आठ बुँदे सहमति भित्रका मंत्रीपरिषदले गर्न सक्ने निर्णयहरु अविलम्ब गर्नु पर्ने तथा व्यापक राजनीतिक सहमतिको आधारमा संविधानमा संशोधन गरि गर्नु पर्ने विषयहरुमा समेत ढिलो नगरि उपयूक्त पहल गर्नु पर्ने आवश्यता माथि बैठकले जोड दिएको छ । झुठ्ठा मुद्दा फिर्ता लिने, नष्ट गरिएको र लुटिएको सम्पतीको क्षतिपुर्ती दिने सम्बन्धि कार्यहरु भरखरै मंत्री परिषदको निर्णयले प्रव्रिmया शुरु गरेकोमा पार्टीले यसलाई सकारात्मक रुपमा ग्रहण गर्दै मारिएकाहरुलाई शहिद घोषणा गर्ने, घाईतेहरुको पुर्ण निःशुल्क उपचार गर्नु पर्ने लगायतका कामहरु मंत्री परिषदबाट निर्णय गरि हुन सक्ने काम भएकोले सो यथाशिघ्र गराउन पार्टीले मंत्री मंडलमा रहेका नेताहरुलाई सव्रिmय र सार्थक पहल गर्न निर्णय गरेको छ । संघीयताका संख्याको सवालमा प्रमुख राजनीति  दल बिज संविधान निर्माण पूर्व हाम्रो पार्टी संग गरिएको १६ बुदे सम्झौतामा उल्लेख भए बमोजिम आठ प्रदेश आज पनि कायमनै रहेको छ ।

निर्णय नं. ३ः पार्टी महाधिवेशन बारे ः– 
(क) राजनीतिक समितिको यो बैठकले पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन काठमाण्डौमा अगामी चैत्र मसान्त भित्र भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
(ख) सो महाधिवेशन भब्य रुपमा सम्पन्न गर्न पार्टी अध्यक्ष श्री बिजय कुमार गच्छदार ज्यूको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारीहरु समेत समावेश रहेको एउटा तयारी समितिको गठन गरिएको छ ।
(ग) सो महाधिवेशन भब्य रुपमा सम्पन्न गर्न पार्टीको वत्र्तमान विधानमा आवश्यक संसोधन–परिमार्जनको प्रस्ताव राजनीतिक समितिमा पेश गर्न र अगामि महाधिवेशनबाट पारित हुने नयाँ विधानको मस्यौदा समेत केन्द्रीय समितिमा पस्तावित गर्न पार्टी उपाध्यक्ष श्री दानबहादुर चौधरी को नेतृत्वमा निम्न बमोजिम पाँच सदस्यीय समिति गठन गरिएको छ । १.संयोजक श्री दान बहादुर चौधरी २. श्री भारतेन्दु कुमार मल्लिक ३. चंन्द्रेश्वर शर्मा खत्वे ४. हरिप्रसाद न्यौपाने ५. सुनिल रन्जन सिंह
(घ) बैठकले राजनीतिक समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिल्लामा पुग्न र ती जिल्लाहरुका वत्र्तमान राजनीतिक अवस्था महाधिवेशन तयारी बारे जानकारी र ठोस रिपोर्ट तयार  गर्न तथा पार्टी संगठनलाई चुस्त दुरुस्त  गर्न निर्देशन दिएको छ   
                                                               
                                                           
                                                                ...........................
                                                   बिजय कुमार गच्छदार
                                                          अध्यक्ष



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..