» » गौरमा एक आन्दोलनकारीको मृत्यू झडप जारी


गोर पुस ५ गते । रौतहटको सदरमुकाम गौरमा आज प्रहरीको गोली लागेर तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजको मृत्यू भएको छ ।
आज अपरान्ह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर तबरेजको मृत्यु भएको मधेशी मोर्चाले जनाएको छ ।  झडपमा अर्का एक घाइते भएका छन् ।
१० कक्षामा अध्ययनरत तबरेज प्रहरीको गालीबाट घाइते भएका थिए र उनको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । विपीचोकमा भएको झडपको क्रममा तबरेजलाई कोखामा गोली लागेको छ । उनको मृत्यु भएको अस्पतालका डाक्टर कृष्ण साहले पुष्टी गरेका छन् ।

झडपमा गौर नगरपालिका–५ का आफताब आलम समान्य घाइते भएका छन् । उनलाई ढुंगाले लागेको छ । त्यहाँ अहिले पनि झडप जारी रहेको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास र हवाई फायर गरेको छ ।  गाउँगाउँबाट आएका आन्दोलनकारीले अहिले विपीचोक, प्रशासन कार्यालय र नेपाल लज अगाडिबाट प्रहरी माथि ढुंगामुढा गरिरहेका छन् ।
आन्दोलनको मृत्यू भएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ ।

केही दिन यता शान्त गौर बजार झडपको घट्नाले फेरी तनाब बनेको छ । शनिबार नगरपालिकाको बारुणयन्त्र तोडफोड र विद्यार्थी फोरम नेता ललन यादव पक्राउ पछि यहाँ आन्दोलन चर्केको हो ।

सिमांकन र सविधानको विरोधमा ४ महिनादेखि मोर्चा आन्दोलनमा छ । सरकारसँग पटक(पटक गरेको वार्ता नाटक भन्दै मोर्चाले आन्दोलन चर्काउने निर्णय गरे पछि यहाँ सुरक्षाकर्मीसँग झडपको घट्ना भएको हो ।






About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..