» » मधेशी मार्चालाई दिल्ली भ्रमणको उपलब्धी


-पंकज दास
मोर्चाका नेताहरूको दिल्ली भ्रमणबारे विभिन्न किसिमको धारणा बाहिर आई रहेको छन् । ती धारणामा कति वास्तविक्ता छन् भने धेरै भ्रमात्मक रहेको छ । नेताहरुसँग दिल्ली भ्रमणको बोला म दिल्लीमै रहेको हुनाले त्यहाँ मैले देखेको सुनेको कुरा यहाँ बुँदागत राख्नु चाहन्छु ।

१. राज्यसभामा भएको नेपाल संबंधी विशेष बहस हुनु आफैमा धेरै महत्व राख्छ । यस बहसको क्रममा मधेशको मुद्दामा अधिकांश पार्टीको समर्थन हुनु आफैमा ठूलो उपलब्धि हो ।

२. राज्यसभामा विपक्षी दलले जे सुकै भने पनि सरकारको धारणा नै नेपालको नीतिलाई प्रभावित गर्छ । यस संदर्भमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दिएको वक्तव्य मधेशको पक्षबाट निकै महत्व राख्दछ ।

३. नेपालको संविधान प्रक्रिया पूरा नगरि नै जारी भएको प्रति भारतको आपत्ति हुनु, नयां संविधानमा मधेशी जनजातिलाई अधिकारबाट वंञ्चित गराएको प्रति रोष व्यक्त गरियो ।

४. यस संविधानमा मधेश अनुकुल संशोधन हुनुपर्छ भन्ने दृढ मान्यता राख्नु र मधेश आन्दोलनलाई अधिकार तथा न्यायको आन्दोलनको संज्ञा दिनु मधेशले दिल्लीमा ठूलो उपलब्धि हासिल भएको छ ।

५. भारतले मधेशी मोर्चाको नेतालाई हैदराबाद हाउसमा भेट्नु पनि आफैमा ऐतिहासिक हो । अहिलेसम्म मधेशको पक्षमा कहिले पनि खुलेर समर्थन नगर्नु, मधेशी मोर्चा भन्दा पनि तीन दललाई नै महत्व दिनु, मधेशप्रति सद्भाव राख्नु तर खुलेर नआउनु भारतको नीति रहंदै आएको थियो ।

६. यो पहिलो पटक हो जब आफ्नै सरकारको विरूद्ध र आफ्नै देशको संविधानको विरूद्ध संघर्ष गर्दै आएका विद्रोही गुटका नेताहरू लाई हैदराबाद हाउसमा रेड कारपेटमा स्वागत गरियो । हैदराबाद हाउसमा विदेशी राष्ट्रपति र प्रधानमंत्री आएका बेला द्विपक्षीय वार्ता मात्रै हुन्छ ।

७. मधेशी नेताहरू को पक्षमा पूर्व राजदूतहरू, रक्षा विशेषज्ञहरू, नेपाल मामिलाका जानकारहरूले पनि सकारात्मक लबिंग गरे ।

८. भाजपा महासचिवसँगको भेंट र आरएसएससंग आबद्ध अन्तरराष्ट्रीय सहयोग परिषदद्वारा कार्यक्रम आयोजना गर्नु पनि संघ र भाजपाको नजरमा मधेशको महत्वलाई दर्शाएको छ ।

९. पहिलो पटक भारतको संस्थापन पक्षमा मधेशको मुद्दा आधिकारिक रूपले स्थापित भएको छ ।

१०. मधेशी मोर्चाका नेताहरू अब कूटनीतिक दायरा भन्दा माथि उठेर राजनीतिक संबंध स्थापित गर्दै छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..