» » सर्लाही अझै तनावपूर्ण अवस्थामा, एकजनालाई गोली लाग्यो, कुटाइ खाएकाको चिन्ता अवस्था चिन्ताजनक (फोटो फिचर)


सर्लाही पुस ८ गते । शान्तिपूर्ण आन्दोलनमा लागि रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकतालाई प्रहरीले जवर्जस्ती धडपकड गरिरहेको छ । सडकमा हिडिरहेका र आन्दोलन गरिरहेकालाई मात्र होइन प्रहरीले जनताको घरघरमा गएर सर्वसाधारणलाई कुटपिट गरी घाइते बनाई रहेको तराई मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य जेपी यादवले बताए ।

 उनका अनुसार अभास खानको घुँडामा गोली लागेको छ र उनको उपचार भइरहेको छ । त्यस्तै अभिषेक यादव प्रहरीको कुटाइबाट घाइते भएको छ उनको अवस्था चिन्ताजनक रहेको नेता यादवले बताए । प्रहरीको कुटाईबाट दर्जनौको उपचार अस्पतालमा भइरहेको छ । 


त्यस्तै रेडियो मधेशमा पनि प्रहरीले तोडफोड गरेको सो रेडियाका अध्यक्ष निमेष कर्णले जनाएको छ । सो रेडियोका स्टेशन म्यानेजर विश्वनाथ ठाकुरको क्यामरा फुटाउनुको साथै प्रहरीको ढुगामुढाबाट कार्यालयका झ्यालका शीशाहरु फुटेको कर्णद्धारा जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीद्धारा गिरफ्तार गरिएका फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवलाई अर्झै छाडेको छैन ।









About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..