» »Unlabelled » १० जना आइएसका कमाण्डर मारिए

एजेन्सी, १५ पुस । इराक र सिरियामा गरिएको अमेरिकी नेतृत्वको हवाई कारवाहीमा दशजना इश्लामिक स्टेट कमाण्डरहरु मारिएका छन् । तीमध्ये केही गत महिना भएको प्यारिस आक्रमणसँग सम्बद्ध छन् । अमेरिकी सेनाका प्रवक्ताले दिएको जानकारी अनुसार इराक र सिरियामा इस्लामिक आतंकवादी समूह (आइएस) विरुद्ध अमेरिकी सेनाले गरेको हवाई हमलामा आइएसका १० जना कमाण्डर मारिएका हुन् । हमलामा शराफ अल मुदानसमेत मारिएका छन् जो पेरिस हमलामा संलग्न अब्देल अबाउदको सम्पर्कमा थिए । उनी डिसेम्बर २४ मा भएको हमलामा मारिएको अमेरिकी सेनाको दाबी छ । मारिएकामध्येका शराफ अल मुआदनको प्यारिस आक्रमणका मुख्य नाइके अब्दलहमीद अबाउदसँग प्रत्यक्ष सम्बन्ध रहेको बताइएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..