» » सरकार छाड्न गच्छदारलाई दवाव

काठमाडौ मंसिर १९ गते । एक हप्तादेखि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीको कार्यसम्पादनको बैठक बसिरहेको छ । बैठकमा अधिकाँश नेताहरूले पार्टी सरकारमा गएर गलत गरेको धारणा राखेका थिए ।
सरकारमा गएपनि मधेसको समस्या समाधान गर्नमा चुकेको छ पनि धारणा राखेका थिए । मधेसको समस्या समाधान गर्न सरकारलाई दवाब दिन पार्टी चुकेको नेताहरूले धारणा राखेका छन् ।
कतिपय नेताले त सरकारबाट फिर्ता हुन पनि बैठकमा दवाव दिएको पार्टीका एक नेताले बताए ।
जवाफमा दो पार्टीका अध्यक्ष बिजय कुमार गच्छदारले सरकारमा गएर कुनै गल्ती नगरेको धारणा राखेका थिए । मधेसीको अधिकारका लागि सरकार, सदन र सडकमा संघर्ष गरिरहेको धारणा राखेको एक नेताले बताए ।
सरकारमा गएपछि पार्टीबाट थुप्रै नेताले राजिनामा दिइसकेका छन् र अन्यले पनि छाड्ने धम्की दिइरहेक छन् त्यसलाई साम्य पार्नका लागि महाधिवेशनको गते मिति तय गर्न लागेको हो । आज पत्रकार सम्मेलन गरेर घोषणा गर्दैछन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..