» » युवा संघको मधेश संवाद अभियान


काठमाडौँ, पुस ६ गते । युवा सङ्घ नेपालले यही पुस ८ गतेदेखि ‘मधेस संवाद अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

सङ्घका अध्यक्ष राजीव पहारीको अध्यक्षतामा आज बसेको स्थायी समिति बैठकले तराईका रौतहट, बारा, पर्सा, सिरहा, महोत्तरी, कैलालीलगायत जिल्लामा संविधान जारी भएपछि मधेसमा फैलिएका भ्रमलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस क्षेत्रमा दुई महिनासम्म जारी रहने अभियानमा सङ्घका नेता तथा कार्यकर्ताको सहभागिता रहने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पहारीले संविधानले त्यहाँका जनतालाई दिएको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका बारेमा स्थानीय जनतालाई सुसूचित गरी अहिले त्यस क्षेत्रमा भइरहेको आन्दोलन मधेस र मधेसी जनताको पक्षमा नरहेको बुझाउने बताउनुभयो ।

त्यसैगरी बैठकले पुस १ गते जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति सहभागी हुँदा मधेसी मोर्चा आबद्ध नेता तथा कार्यकर्ताबाट भएको दुव्र्यवहार र अपमानजनक अभिव्यक्तिप्रति दुःख व्यक्त गरेको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..