» » गठबन्धन भए सक्रियः एकै दिनमा प्रधानमन्त्री र सभामुखसँग वार्ता


काठमाडौ पुस ४ गते । संघीय समावेशी मधेसी गठबन्धनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको वार्तामा गठबन्धनले पेस गरेको ९ बुँदे वार्ताको बारेमा छलफल गर्ने कुराकानी भएको छ । नौ बुँदेमा फलानै बुँदाबाट छलफल गर्नुपर्छ भने कुनै अडान छैन नौ बुँदेमध्ये जुनसुकै बुँदाबाट छलफल गर्दा हुन्छ तर सबै विषयमा प्याकेजमै सहमति हुने पर्ने कुरा गठबन्धनका नेताहरुले राखेका थिए ।

यो कुराप्रति प्रधानमन्त्री अ‍ोली पनि सहमत देखिएको र भोलीदेखि गठबन्धनसँग वार्तालाई निरन्तरता दिने बताइएको छ । भोलीदेखि गठबन्धनसँग वार्ता हुने नेताहरुले बताएका छन् ।
मधेशी मोर्चाका नेताहरुलाई वार्ताबाट किन भगाएको पनि जिज्ञासा राखेका थिए । त्यसमा अ‍ोलीले उनीहरु सिमांकनबाहेक अरु विषयमा कुरै गर्न मान्दैन, सिमांकन बाहेक अरु पनि धेरै बुँदाहरु छन् नि त्यसमा कुरा गर्दा भैहाल्यो नि तर उनीहरु खाली सिमांकन सिमांकन भनेर समय खेर फालेको टिप्पणी गरेका थिए ।
गठबन्धनले आजै सविधान संशोधन विधेयकमा सहयोग नगर्ने कुरा सभामुख ओन्सारी धर्तीमगरलाई जानकारी गराएको छ ।

गठबन्धनका नेता राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सभामुख ओन्सारीलाई भेटी सो कुराको जानकारी गराएको हो ।
गठनबन्धन र गठबन्धनबीच भएको छलफलमा नेताहरुले जबसम्म संविधान संशोधनको विषयमा सहमति हुँदैन तबसम्म विधेयक पास हुन नदिने जवाफ दिएको समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी गराए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाका अनुसार सभामुख ओन्सारीले विधेयक  पास हुनमा सहयोग गर्न आग्रह गरेकी थिइन् । त्यसमा गठबन्धनका नेताहरुले एउटा वा दुईटा विधेयकमा मात्र सहमति गरेर हुँदैन अन्य मुद्दाहरु पनि छन त्यसमा पनि छलफल गरी प्याकेजमा टुग्यांउ भनि प्रतिकृया दिएको अध्यक्ष झाले बताए ।
छलफलमा गठबंधनको तर्फबाट रा म स पा अध्यक्ष शरत सिंह भण्डारी ,सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमरा अभियानका देबेश झा, रामसपा प्रबक्ता केशव झा, माननीयहरुमा निर्जला राउत, डिम्पल झा, सरिता यादव र धर्मेन्द्र साहको उपस्थतिथि थियोे ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..