» » दमन बन्द नभएसम्म सार्थक वार्ता हुन सक्दैन–ठाकुर


काठमाडौ, पुस १२ गते । तराई मधेस लोकतान्तिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामि पुस १९ गतेपछि बस्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितको विषयमा छलफल हुने बताएका छन् ।

रिर्पोटर्स क्वलको ज्ञापनपत्र बुझ्दै उनले भने, ‘मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुष १९ गतेसम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुन सक्छ ।’

अध्यक्ष ठाकुरले आफूहरुको ११ बुँदे प्रस्तावमा बुँदा गत रुपमा छलफल गर्दै सहमति भएका विषयलाई एकातिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानु पर्ने भन्दै राज्यले विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमांकन मिलाउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे ।

उनले भने, ‘तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु पर्यो नि । अहिलेसम्म भएका लिखित सहमतिको उल्लघन भएको छ । तीन महिना भन्दा भन्दै चार महिना भईसक्यो कुरा मिलाएको भए भई हाल्थ्यो नि । संविधानको प्रस्तावनादेखि अन्त्यसम्म हामीमाथि विभेदै विभेद छ । त्यहाँ जनयूद्ध राख्न हुने मधेस आन्दोलन राख्न किन नहुने ? यस्तो अवस्थामा कसरी विश्वास गर्नु ? संसद र सडक दुवै ठाउँमा पेलिरहेका छन् ।’

अध्यक्ष ठाकुरले सरकारले वार्ताबाट समस्याको समाधान नचाहेकोले अहिलेसम्म समाधान नभएको भन्दै काँग्रेस र एमाओवादीसँगको वार्ता पनि कुनै निष्कर्समा पुग्न नसकेको बताए । उनले भने, ‘अनौपचारिक रुपमा काँग्रेस र एमाओवादीसँग वार्ता भईरहेको तर ती वार्ता पनि कुनै निष्कर्समा पुगेको छैन ।’

सरकारसँग आन्दोलन दवाउने वा माग पुरा गरेर समाधान गर्ने दुई विकल्प रहेको भन्दै अरुलाई जनावर नामाकरण गर्ने सरकारको आफ्नै जनावर जस्तै अमानवीय व्यवहार रहेको आरोप लगाए ।

उनले भने, ‘मधेसीलाई जनावर जस्तै बुटले कुल्चिदा अर्को आमानवीय व्यवाहार हुँदैन । त्यसैले दमन बन्द नभएसम्म सार्थक वार्ता हुन सक्दैन । सरकारको पछिल्लो क्रुरता सद्भावना पार्टीका राजेन्द्र महतोमाथि गरेको आक्रमणले प्रष्ट पारेको छ ।’

नाकाबन्दीकारण भुकम्प पीडितले ज्यान गुमाउनु परेको भनि सोधेको प्रश्नमा उनले भुकम्प पीडितलाई आफूहरुले सक्दो सहयोग गरेको दावी गर्दै भने, ‘प्राधिकरण विद्येयक पारित गर्न सहयोग गर्यौ । भर्खर सिईओ नियूक्त गर्दैछ । हामीले होईन सरकारले काम गर्न सकेको छैन । हामीलाई विदेशी ठान्ने सरकारले आफ्ना नागरिकलाई बचाउनु पर्यो नि । हाम्रो समस्याको कारण तपाईहरु पनि पीडित हुनु भएको छ, यो कुरा सरकारले बुझेको छैन । ’

उनले थपे, ‘मधेसमा सबैतिर लाठी चलाउँछन अनि हामी कहाँ गएर बस्ने ? दशगजामा पनि लाठि चलाउँछ । हाम्रो कुरा सुन्दैन उल्टै हामीलाई दोष लगाउँछन् । अभाव हाम्रो कारण भएको होईन, सरकारको कारण भएको हो ।

अर्को जिज्ञासामा उनले तराईमा सिके राउतले नभई सकरकारले विखण्डनको कुरा गरिरहेको भन्दै विखण्डन आफूहरुको एजेण्डा नभएको र आफूहरुले नमागेको स्पष्ट पारे ।
ठाकुरले भने, ‘नेपालमै मधेस नै छैन भन्छन अनि कसरी मधेस विखण्डन हुन्छ ?’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..