» » कर्णले भन्नुभयो, जनता सडकमा आउँछ र सरकार ढल्छ


काठमाडौ, पुस ६ गते । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आईतवार मन्त्री परिषदले मधेसको समस्या समाधानको लागि भन्दै गरेको चार बुँदे निर्णयले निकास ननिस्कने बताउनु भएको छ ।

राजधानीमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले मधेसको समस्या प्याकेजमै समाधान हुनु पर्ने भन्दै तीन महिनाभित्र सीमांकन गर्ने कुरा कुनै पनि हालतमा मान्य नहुने बताउनु भयो ।
उहाँ्ले अघिल्लो सरकारले गरेको घाईतेको निशुल्क उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र झुठा मुद्दा खारेज गर्ने लगायतका निर्णय अहिलेसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा अहिलेको सरकारको निर्णयलाई विश्वास गर्न नसकिने भन्दै आफूहरुको सरोकार सरकारको चार बुँदे भन्दा ११ बुँदेमा भएको स्पष्ट पारे ।

सोमबार विहान भारतीय राजदुतसँगको भेटवार्ताको प्रसंगमा उनले एउटा छिमेकीको समस्यामा अर्को छिमेकीको चासो स्वभाविक भएको भन्दै भारतीय राजदुतले मन्त्री परिषदको निर्णयको विषयमा धारणा मागेको र आफूहरुले त्यसबाट समस्या समाधान हुँदैन भनेर भनेको जानकारी दिए ।

अध्यक्ष यादवले भन्नुभयो, ‘भारतको हामीलाई कुनै दवाव छैन । उहाँहरु पनि समाधान छिटो होस भन्ने चाहनु हुन्छ । उहाँले सरकारसँग पनि आफूले यो विषयमा कुराकानी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । परराष्ट्रमन्त्रीसँग कुरा गरिपनि सक्नु भएको छ ।’

जानकीमन्दीरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको घटना प्रति दुख ब्यक्त गर्दैै त्यहाँको अवस्था ठिक छैन भन्ने जानकारी हुँदा हुँदै जानु उचित नभएको तर्क उहाँले गर्नुभयो ।
उहाँले जनकपुर घटनामा आफूहरुको संलग्नता नरहेको स्पष्ट पार्दै जुत्तासहित कुकुर लिएर मन्दीर प्रवेश गरेको विषयले घटना गराएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्दीर जो सुकै पनि जान सक्छ । जे नहुनु थियो भयो, यो दुखद घटना हो ।’

यादवले सरकार साम्प्रदायिकता फैलाउने योजनामा लागेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रतिबद्धता ब्यक्त गनुभयो ।
उहाँले आफूहरु सार्थक र परिणाममुखि बार्ताको पक्षमा रहेको भन्दै वार्ता कहाँ गर्ने भने विषय समस्याको रुपमा नआउने स्पष्ट पारे ।

सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सरकार सार्थक बार्ताको लागि आए तीन महिनामा सीमांकन गर्ने विकल्पमा विचार गर्न सकिने भन्दै त्यसकोलागि किन सरकारले तीन वा छ महिनाको समय भन्ने औचित्य भने पुष्टी गर्नुपर्ने तर्क गर्नुभयो ।
सरकार समस्या समाधानमा लचक भएर लगातार वार्ता गर्ने भए वार्ता गर्न तयार रहेको स्पष्ट पार्दै जिम्मेवार भएर लगातार बार्ता गरे ४–५ दिनमा समस्याको समाधान निष्कने उहाँले बताउनुभयो ।
भारतीय राजदुत रञ्जित रेले नेपालको समस्या मिलेर समाधान गर्नुस भनेर भनेको उल्लेख गर्दै उहाँले नेपालको समस्या नेपालमै समाधान हुनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वयूद्ध त टेवलमै समाधान भयो, जनयूद्ध टेवलबाट समाधान भयो भने हाम्रो आन्दोलन पनि टेबलबाटै समाधान हुन्छ । तर सरकार एक दिन बार्तामा बोलाउँछ र १० दिन चुप लागेर बस्छ । सरकार जिम्मेवार भएन ।’

११ बुँदे मागमा सरकारको अवधारणा अहिलेसम्म नआएको र मन्त्री परिषदको निर्णयको विषयमा पनि आफूहरुलाई जानकारी नभएको भन्दै आफूहरु अहिले सरकारको निर्णयको पर्खाईमा रहेको उहाँले बताउनुभयो ।
कर्णले यूद्ध नियम विपरित जंगली राज्यमा नहुने कुरा ओली राज्यमा भईरहेको भन्दै जनता खान नपाएर सडकमा आएपछि ओली सरकार ढल्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनताको आक्रोस आउन थालेको छ । यस्तै अवस्था रहे जनता सडकमा आउँछन र सरकार ढल्छ । ’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..