» » तीन बुँदेमा सहमति गर्न मोर्चामा पर्ने भयो दवाव, यस्तो आयो भारतीय विदेश मन्त्रालयको विज्ञप्ति


काठमाडौ पुस ६ गते । हिजो मन्त्रीपरिषद्ले मधेश मोर्चासँग गर्ने वार्ताको निर्णय बारे भारतले स्वागत गरेको छ । भारतयि विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भारतले मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा स‌ंविधान संशोधनका लागि सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताउँदै समाधानका लागि यसले बलियो आधार तयार गरेको विश्वास व्यक्त गरेको छन्।

आजै मधेशी मोर्चाका नेताहरुलाई पनि बोलाएर मन्त्रीपरिषद्ले गरेको निर्णय बारेमा भारतीय राजदूत रञ्जित रे ले स्वागतयोग्य भन्दै त्यसमा सहमति गर्न सुझाव दिएका थिए । त्यसपछि विदेश मन्त्रालयको यस्तो विज्ञप्ति आएको हो । मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा भएको पछिल्लो प्रयासको स्वागत गरेको हो। स‌ंविधान जारी भएपछि अघोषित नाकाबन्दी लगाएर असन्तुष्टी देखाउँदै आएको   भारत सरकारले पहिलोपटक विज्ञप्ती निकालेर सरकारको निर्णयको स्वागत गरेको हो।

मन्त्रिपरिषद्ले आइतबार बेलुका गरेको निर्णय मधेस आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्न महत्वपूर्ण र सकारात्मक रहेको विज्ञप्तीमा जनाइएको छ। नेपालका परराष्ट्र तथा उपप्रधानमन्त्री कमल थापाले सोमबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएका थिए।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा सबै राजनीतिक शक्तिहरुले आवश्यक परिपक्कता र लचकता प्रदर्शन गरेर वार्ताबाट जतिसक्दो चाँडो समाधान खोज्न सुझाव दिएको छ। भारतले आपूर्तिमा भइरहेको अवरोध पनि सहज हुने संकेत पनि दिएको छ।


प्रदेश सीमांकनका विषयमा आन्दोलनरत दलले उठाएको मागलाई दृष्टिगत गर्र्दै राजनीतिक सहमतिका लागि राजनीतिक संयन्त्र गठन गर्ने र उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउने निर्णय पनि बैठकले गरेको छ।
यद्यपी मधेशी मोर्चाका नेताहरुले मन्त्रपरिषद्ले गरेका निर्णयलाई नमान्ने भनिरहेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले मन्त्रीपरिषद्ले गरेको निर्णय स्वागतयोग्य छैन किनभने यसले मधेशको समस्या समाधान गर्न सकिदैन भन्दै आफूहरुले यसअघि नै ११ बुँदेमा छलफल गर्दै प्याकेजमा सहमति गरौ भनेको बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..