» » प्रहरी चौकीमा आगजनी

जनकपुर, पुस १६ – मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको जानकी मन्दिर छेउमा रहेको जानकी प्रहरी चौकीमा आगजनी गरेका छन् । हिजो बेलुका मोर्चाका आन्दोलनकारीले प्रहार गरेको पेट्रोल बमका कारण चौकीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकीलाई लक्षित गरेर आन्दोलनकारीले तीन वटा पेट्रोल बम प्रहार गरेको धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
गएको केही दिनदेखि जानकीचोकमा रहेको जानकी प्रहरी चौकीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगामुडा गरेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदै आएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..