» » ‘तिमीलाई फर्किएर …..’ को छायांकन कार्य सम्पन्न

सरोज साजन श्रेष्ठको सुमधुर सोर मा सजिएको गीत तिमीलाई फर्किएर… को छायांकन कार्य साइप्रस को निकोसिया र लिमासोल मा गरिएको हो ।

फोटोग्राफी बाट चर्चा मा चुलिएका बिरन पुन को कन्सेप्ट/निर्देसन/छायांकन मा सो म्युजिक भिडियो तयार गरिएको हो । इश्वर मागिया को म्युजिक,प्रकाश छ्यनिक को शब्दमा सजिएको गीत मा मोडेल सन्तोष बडाल को भूमिका रहेको छ । सन्तोष बडाल लाई मोडेल रेश्मा अधिकारी र सपना खड्का ले साथ दिएका छन् ।

निर्देशक बिरनले पहिलो प्रयास भएपनि राम्रो भएको मा आफु ढुक्क रहेको बताए । साथै युवा निर्देशक पुन ले यो प्रोजेक्ट मा बिशेष साथ दिनु भएको मा मोडेल सन्तोष बडाल र मोडेलहरु रेश्मा र सपना लाई धन्नबाद दिए ।

छायांकन को क्रम मा सहयोग गरिदिनु भएकोमा निरज खनाल, राम छेत्री र नमस्ते क्याफे लिमासोल लाई मोडेल बडाल ले बिशेष धन्यवाद दिएका छन् । निर्देशक पुन र मोडेल बडाल का अनुसार यो प्रोजेक्ट बाट जुटेको रकम म्याग्दी जिल्ला मा रहेको ज्ञानोदय स्कूल मा रहेका १२ जना दृस्टी बिहिन विद्यार्थी हरुलाई सहयोग गरिनेछ ।

About Ajay Sharma

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..