» » मधेशको समस्या समाधान भएपनि नभएपनि यो सरकार ढल्छ–उपेन्द्र

काठमाडौं, पुस ५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताउनु भएको छ ।

राजधानीमा आयोजित साक्षात्कारमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै भने, ‘गैर जिम्मेवार व्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन ।’ उहाँले भन्नुभयोे, ‘आफूलाई छिट्टै भुतपूर्व हुने देखेर होला ओली विशिष्टहरुको सुविधा बढाउने तिर लाग्नु भएको छ ।’

अध्यक्ष यादवले बालुवाटार र बालुवाटार नेक्ससले ब्ल्याक ईकोनोमिबाट कमाईरहेकोेले समस्या समाधान गर्न नचाहिरहेको आरोप लगाउँदै बालुवाटार अहिले कालावजारीबाट लाभ लिईरहेकोले त्यसैलाई उपलब्धि ठानिरहेको आरोप लगाउनु भयो ।
उहाँले सरकारले नै आन्दोलन लामो होस् भनि चाहेको आरोप लगाउँदै वीरगञ्ज बाहेकका नाकाबाट सयौ टयाङकर र बुलेट आउँछन, बिराटनगरसहितका ठाँउमा तेल राख्ने ठाँउ छैन ती तेल सबै ब्लाक मार्केटमा जान्छ । सरकार यसैमा लाईरहेका बताउनुभयो ।

उहाँले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गर्दै भन्नुभयो,‘ जब जब समस्या समाधान तिर जान्छन् तब तब प्रधानमन्त्री गल्लीको डन र माफीयाको सरदार जस्तै बोल्छन् । मधेसी जनतालाई जनावर जस्तो गैरजिम्मेवार भाषा बोल्नु प्रधानमन्त्री पदका लागि सोभनीय हुँदैन । सडकका जस्तो भाषा प्रधानमन्त्री बोल्छन ।’

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अतिबादले समस्या पारेको हो ? भनि सोधिएको प्रश्नमा उनले उत्तर र दक्षिणबाट आएको अतिवादीले देशको हित नहुने स्पष्ट पार्दै भने, ‘एउटा अति राष्ट्रबाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ । यसले जनताबीचको दुरी बढाउँदै छ । यो दुवै खाले चिन्तन असह्य हुँदैछ । यसले मुलुकको हित गर्दैनन् । अन्ध राष्ट्रबादले केही दिन जनतालाई फकाउन त सकिन्छ तर यथार्थ बुझेपछि जनता आन्दोलनमा आउँछन ।’

अध्यक्ष यादवले मधेसमा भईरहेको आन्दोलन पहाडे वा मधेसी कुनै पनि समूदायको विरुद्ध नभई विभेद विरुद्धको संघर्ष भएको भन्दै खस क्षेत्रीहरुसमेत विभेदमा परेकोले आन्दोलनलाई कसैको पक्ष विपक्षमा बुझ्न नहुने तर्क गर्नुभयो ।

विश्वासिलो आधार भए तीन महिनापछि सीमांकन टुङग्याउने कुरामा समेत सहमति हुन सक्ने भएपनि पटक पटक धोका पाईकेकोले विश्वास गर्ने आधार नभएको तत्काल समाधान हुनु पर्ने अडान व्यक्त गर्दै उहाँले राजनीतिक समाधान किस्ताबन्दी र सेमेष्टर प्रणालीमा हुन्छ ? भनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछि गरौला भनेर टार्ने काम भईरहेको छ । धेरै सहमति कार्यान्वयन नभएकोले विश्वास छैन । पहिला विश्वासको आधार हुनु बन्नु पर्छ ।’

अध्यक्ष यादवले मधेस आन्दोलन समस्या नभई समाधान भएको भन्दै यसमा कुनै समूदायले हार्ने र कुनै समूदायले मात्रै जित्ने नभई सबैले जित्ने दावी गर्नुभयो ।

उहाँले समस्याको समाधान नहुन्जेलसम्म आन्दोलन नरोकिने र वीरगञ्ज नाकाको धर्ना समेत नहट्ने स्पष्ट पार्दै तराईसँग आन्दोलनको विकल्प नै नभएको तर्क उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्य संवेदनशिल नभएकोले नयाँ आन्दोलन गर्नु परेको हो ।’

मधेसको माग न्यायोचित रहेकोले त्यसलाई समाधान गर्नु पर्छ भन्ने निष्कर्षका साथ काग्रेससँगको वार्ता राम्रो भएको भएको उल्लेख गर्दै अध्यक्ष यादवले वातावरण बनेको बेला बिथोल्न कुनै घटना घटाउने गरिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयोे, ‘प्रमुख प्रतिपक्षीले मधेस आन्दोलनको मागलाई जायज भनेको छ तर प्रधानमन्त्री अतिवादी भएर हिडीरहेका छन ।’

अध्यक्ष यादवले बहुभाषिक नीति लागु गर्नु पर्नेे, पहिचानको आधारमा कल्ष्टर अनुसार सीमांकन सच्याउनु पर्ने, नागरिकताको व्यवस्था सच्याउनु पर्ने, समावेशी समानुपातिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने भन्दै नगर र जिल्लालाई आधार बनाउने कुराले समस्या आएको बताउनुभयो ।

उहाँले राष्ट्रपति जाँदा जनकपुरमा भएको घटनाले आफूलाई समेत दुख लागेको भन्दै त्यस्तो घटना हुन नहुने थियो पनि धारणा राख्नुभयो ।

छिमेकीसँगको सम्बन्ध परास्परिक विश्वास र समानताको आधारमा हुनु पर्ने भन्दै उनले छिमेकीसँग राम्रो सम्बन्ध भए नेपाली पनि राम्ररी बस्न सक्ने तर्क पनि गर्नुभयो ।

भारतले नाकाबन्दी खोल्नुस भनेर पठाएको हो ? भनि राखिएको जिज्ञासामा उहाँले आफूहरुले मधेस आन्दोलनको विषयमा व्रिफिङ्ग मात्रै गरेको दावी गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..